बोडिंग स्कुल भित्र फास्ट फुड एवं जंकफुड विक्री वितरणमा रोक लगाउन भन्दै न्यायिक समितिमा उजरी

0 Shares
रौतहट, १० मंसिर । रौतहट दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी विद्यालयहरुमा फास्टफुडको आडमा जंकफुडहरु विक्री वितरण गरेर स–साना बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको भन्दै न्यायिक समितिमा लिखित उजुरी परेको छ ।
दुर्गा भगवती गाउँपालिका–३ का रबीन्द्र चौधरीले पालिकाको न्यायिक समितिमा बुधवार दिएको उजुरीपत्रमा वडा नम्वर ३ मा संचालित दुर्गा भगवती विद्यापिठ ज्ञानोदय बोडिंग स्कुल भित्र स–साना बालबालिकाहरुलाई टिफिनको समयमा फास्टफुड र जंकफुड लगायतका सामग्रीहरु विक्री वितरण गरेर संचालकद्वारा बालबालिकाहरुको स्वास्थ्य संग खेलवाड गरिरहेको गम्भीर आरोप लगाएको हो ।
जंकफुडबाट स–साना बालबालिकाको पाचनक्रिया माथि गम्भीर असर परेर विभिन्न रोगको शिकार बन्ने भएको हुँदा स्थानीय तहको मातहतमा रहेका यस्ता निजी विद्यालयहरुको समयमै अनुगमन गरेर विषाक्त खानपीनलाई बन्द गराउन हुनका लागि लिखित रुपमा पालिकामा उजुरी दिएको चौधरीले बताए ।
त्यती मात्रै नभई विभिन्न स्थानको साथै सिमापारी भारतबाट कपी, कलम, पेन्सील लगायतको शैक्षिक सामग्रीहरु विक्री वितरण गरिरहदा उक्त कार्य तत्काल बन्द गरेर आवश्यक अनुसन्धान एवं छानविन गरेर संचालक विजय वर्मा सहितलाई शिक्षा मपदण्ड अनुसारको नसिहतको साथै कारवाही गर्न उजुरी दिएको छ ।
यो एउटा निजी विद्यालयमा मात्रै नभई जिल्लाभरीका अधिकाँश बोडिंग स्कुलको यस्तै हबिगत रहेको हुँदा जिल्ला शिक्षा समन्वय इकाई कार्यालयबाट समय समयमा अनुगमन गरी कारवाही प्रक्रियामा जान समेत उनले आवश्यक्ता महसुस गरे । त्यती मात्रै नभई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतका विभिन्न सरोकारवाला निकायबाट समय समयमा आवश्यक अनुगमन भएमा यस्ता कार्यहरु बन्द हुने निवेदक चौधरीले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।