एमसीसी पास गराउन देउवा सरकार कटिबद्ध, सत्ता साझेदार विच असहमती उत्पन्न गराउन विदेशी शक्तिको अदृष्य खेल

   ८ पुष २०७८, बिहीबार १२:४४  

तराई टप
काठमाडौं, ८ पुस । अमेरिकाको अति महत्वाकाँक्षी परियोजना एमसीसी संघिय संसदबाट पास गराउने प्रक्रियामा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा दृढ संकल्पित रहेको देखिन्छ ।
नेपाली काग्रेस प्रदेश नम्वर २ को अधिवेशनमा जनकपुर पुगेको वर्तमान सरकारमा गृह मन्त्री रहेका बालकृष्ण खाँणले जुन सुकै परिस्थितिमा एमसीसी पारित गरेर छाड्ने ठोकुवा गरे । उनले एमसीसीलाई अगाडी बढ्न नदिने विभिन्न तत्वहरुद्धारा भ्रमहरु छर्ने काम भईरहेको भएपनि त्यस्ता भ्रमहरुलाई चिर्दै संसदबाट पारित गरी देशहितमा अगाडी बढ्न बर्तमान देउवा सरकार कटिबद्ध रहेको बताए ।
एमसीसी गठबन्धन सरकारकै पहलमा पारित गर्नेबारे छलफल भइरहेको उनको भनाई थियो । तर, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने बताइसकेका छन् । माधवकुमार नेपाल पनि संशोधनको विषय उठाइरहेको छ । यसकारण प्रचण्ड र माधव नेपाल एमसीसीको पक्षमा उभिने सम्भावना न्यून रहेको देखिन्छ । तर, देउवा एमसीसी पारित गरिछाड्न दृढ देखिएका छन् । यसको संकेत उनका विश्वासपात्र समेत रहेका गृहमन्त्री खाँणले सार्वजनिक गरिसकेका छन् ।
देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा प्रचण्ड र नेपाल तयार नभएकाले सत्ता गठबन्धन तोडिने सम्भावना बढेको छ । त्यसको खतरा स्वयं प्रचण्डले सोमबार सार्वजनिक रुपमा औल्याइसकेका छन् । नेकपा एमालेले एमसीसी पारित गर्न शर्त राखेको विषय बाहिर आएको छ । माओवादी र नेकपा एसलाई सत्ताबाट बाहिर पुर्याएमा एमसीसी पारित गर्न साथ दिने एमालेको शर्त रहेको चर्चा छ । प्रचण्डले पनि यसको खुलासा गरिसकेका छन् ।
एमसीसी पारित गर्न साथ दिने या सत्ता गठबन्धन छाड्नुपर्ने चुनौती प्रचण्ड र माधव नेपाल सामु आएको छ । देउवा ब्याक नहुने भएका छन् । यसको अर्थ प्रचण्ड र माधव नेपालले एमसीसीलाई समर्थन नगरे सत्ता गठबन्धन तोडिने निश्चित भएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधवार रौतहटको नरकटियामा जनसभालाई सम्बोधन गर्दै एमसीसी पास गर्न वर्तमान सरकारको साझेदार दल विच छलफल भएपछि मात्रै पारित हुने बताए । एमसीसीको विषयलाई लिएर वर्तमान सरकार संग वार्गेनिंग गरिरहेको केपी ओलीको कारण सबै बखेडा उत्पन्न भएको उनले भने । हामी भारत, चिन, अमेरिका र युरोपलाई समावेश गरेर अगाडी बढ्न चाहेका छौं तर केपी ओलीको कारण अहिले नेपालमा चौतफी रुपमा हमलाको शिकार बन्नु परेको अवस्था सृजना भएको छ । सत्तारुढ गठबन्धनमा एमसीसी पास गराउने तर्फ चर्चा नै नभएको र हामी चाँडै बैठक एवं छलफलको माध्यमबाट पास गराउने कि नगराउने भने टुंगो लगाउने उनले भने ।
अर्को तर्फ नेपालमा कुनै पनि अवस्थामा एमसीसी पास हुन नदिने चीनद्धारा गम्भीर षड्यन्त्रको जालो बुन्ने काम भईरहेको छ । चीनले एमसीसी पास हुन नदिन पैसाको खोलो बगाएको छ । सत्तारुद्ध गठबन्धनमा एकता हुन नदिन अनेकौं जाल झेल सुरु गरिसकेको हुँदा अहिले सरकारको आन्तरिक कुरा बाहिर आउन थालेपछि कतै एमसीसी पास हुँदा वर्तमान सरकारको स्वरुप ढल्ने त होइन विज्ञहरुले आशंका व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै