रौतहट, १३ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकामा अवस्थित सार्वजनिक सडकहरुको अतिक्रमण खाली गरौं, ट्राफिक नियमको पालना गरौं, लागुऔषधको कुलतमा फसेका युवाहरुलाई सहि दिशामा दोर्यायौं भन्दै शनिवार सचेतना रयाली निकालियो ।
इलका प्रहरी कार्यालय गंगापिपराको आयोजनामा निस्किएका उक्त रयालीमा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, वडाध्यक्ष सुरेश चौधरी, डिके झा, हरिशंकर झा इप्रका गंगापिपराका सई गौरव दास सहित उनका प्रहरी टोली सहितका स्थानीय बासिन्दाहरु, नागरिक अगुवाहरु, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भए ।
पिपरा बजार देखि लिएर मुख्य सडकमा गरिएको अतिक्रमणलाई यथाशिघ्र खाली गर्न अपिल गर्दै सडकमा गोबर, बालुवा, गिटी नराखौं, पशुचौपायाको उचित व्यवस्थापन गरौं, लागुऔषध प्रयोगकर्ताहरुको पहिचान गरेर एक पटक सुध्रिने मौका दियौं त्यसपछि कारवाही गरौं, सवारी साधनको कागजातहरु बोकेर सवारी साधन गुडाउन, हेलमेट लगाएर मोटरसाइकल चलाऔं, तिन जना बसेर नचलाउ, भारतीय नम्वर प्लेट भएका सवारीसाधनहरुको इप्रका गंगापिपरामा अभिलेखिकरण गर्राैं लगायतका जानकारी हेतु पालिकावासीलाई रयाली मार्फत सचेतना गराइयो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन