zoom 5.0 version download zoom app work download zoom for business zoom app details free download zoom cloud meeting app zoom hack app download zoom download for windows11

राष्ट्रिय दलित मुक्ति जागरण अभियानले देशभर आन्दोलन गर्ने चेतावनी दिए

   ८ पुष २०७८, बिहीबार १३:३६  

तराई टप
सिरहा, ८ पुुस । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले सिराहाको गोलबजार नगरपालिकाको वडा नम्वर छुरा प्रहार गरी २५ वर्षीय रामकुमार सदायको हत्या गरेको घटनाको विरोधमा देशभर आन्दोलन गर्ने चेतावनीे दिएको छ ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियानकी सिरहा अध्यक्ष शशिमित्रा माझीले प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई अविलम्ब पक्राउ गरेर कानुन बमोजिम हदै सम्मको कारवाहीको माग गरिन् । कानुनी राज्यमा कसैले कानुलाई आफनो हातमा लिदा कानुनी राज्यको खिल्ली उडाउनेलाई कानुनी राज्यको प्रत्याभूति गराउदै पीडित परिवारलाई न्याय दिनुपर्ने अन्ष्था देशभर कडा संघर्षमा उत्रिने चेतावनी विज्ञप्ती मार्फत दिएको छ ।
सिरहा प्रहरीले प्रशासनले न्याय दिनुको साटो आक्रोशित जनताहरु माथि गोलबजारमा थप सुरक्षाकर्मी मगाएर दमन गरिएकोमा अभियानले कडा शब्दमा दुःख व्यक्त गरेको छ । दमन गर्नु अत्यन्त निन्दनीय रहेको भन्दै सम्बन्धित निकायले दोषीलाई अविलम्ब पक्राउ गर्न अभियानको माग छ ।
सिरहाको गोलबजार नपा ६ मा गत शनिवार साँझ छुरा प्रहारबाट स्थानीय २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको छ भने १९ वर्षीय निकेश सदा घाईते भई उपचारको क्रममा छन् । योजनाबद्ध र षड्यन्त्रपूर्वक तरिकाले दलित युवाहरूमाथि छुरा प्रहार भएको ठहर पनि अभियानले गरेको छ ।
दिनदिनै दलित समुदायमाथि भइरहेको अमानवीय घटनाहरुबाट दलित समुदाय त्रसित भइरहेको अभियानको विज्ञप्तीमा उल्लेख छ । घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ नगर्दा आईतवार र सोमवार गोलबजारमा राजमार्ग अवरुद्ध गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै