सवारी दुर्घटनामा परेर मृत्यु भएका आफन्तहरुद्वारा चन्द्रपुरमा राजमार्ग अवरुद्ध, सामान्य बल प्रयोग पश्चात अवरुद्ध राजमार्ग सुचारु

0 Shares
रौतहट, २० मंसिर । सवारी दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको आक्रोशित बनेका आफन्तहरुद्वारा पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएपछि सामान्य बल प्रयोग गरेर अवरुद्ध राजमार्गलाई प्रहरीले सुचारु गराएका छन् ।
शनिवार दिउसो देखि चन्द्रपुर चोक स्थित बाटोमा बसेका आफन्तहरु दुई घण्टा सम्म पूर्व पश्चिम राजमार्गलाई अबरुद्ध बनाएपछि स्थानीय प्रहरीले निकै सम्झाउदा समेत ढुंगा मुढा गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेपछि अवरुद्ध राजमार्ग सुचारु भएका हुन् ।
आफन्तहरु पर्याप्त क्षतिपुर्ती दिन वस व्यवसायी संघ रौतहटले नमानेको भन्दै राजमार्गलाई अवरुद्ध पारेका थिए । प्रहरीमाथि पीडितका आफन्तहरु ढुंगामुढा गर्न थालेपछि केही बेर स्थिति तनावपूर्ण बन्न पुग्यो । चन्द्रपुरका स्थानीय बासिन्दाहरुलाई ढुंगा लागेपछि प्रहरी संग मिलेर बाटोमा बसेका पिडित पक्षलाई लखेटेर बाटोलाई सुचारु गराए ।
पीडित पक्ष र सरोकारवाला पक्षका बीच क्षतिपूर्ति सम्बन्धमा भएका छलफलमा सहमति जुट्न नसकेपछि प्रहरीले सडक अवरुद्ध गर्न बसेकालाई सम्झाउन गएका इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङ माथि प्रदर्शनमा उत्रिएकाहरु दुव्र्यवहारको प्रयास गर्दा स्थानीयहरुको साथ पाएपछि प्रहरीले बल प्रयोग गरेर लखेका थिए ।
घटना विवरण
चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाही पुलनजिक चपुर–गौर खण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रपुर तर्फ आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा, ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकोमा तथा अर्का १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।
प्रहरीले चन्द्रपुर–८ घर भएका बसका चालक अमृतबहादुर विकलाई नियन्त्रणमा लिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।