खाद्यान्न सहित जिविकोपार्जनका निमित्त विभिन्न सामानको लागि भारतीय बजार माथि निर्भर नेपाली उपभोक्ताहरु

352 Shares

प्रभातकुमार झा
नेपाल–भारत बिचको सम्बन्ध आदी काल देखि चल्दै आएको गहिरो एवं राजनितिक, सास्कृतिक, धार्मिकको साथै विभिन्न प्रकारबाट स्थापित रहेको असल छिमेकी देशको रुपमा रहेको तथा नेपाल–भारत एक अभिन्न मित्रको रुपमा रहदै आएको छ ।
कोरोना भाईरसको अति सम्बेदनशिल अवस्थामा होस वा मधेश आन्दोलनको वेलाको नाकाबन्दीको समय होस सबै समयमा नेपाललाई चाहिने भारतबाट खाधान्न, तरकारी र पेट्रोलियम पदार्थको आयातमा रोक लगाएन मानविय नाताले भारतले नेपाली जनताको प्रत्यक्ष जिवनमा असर पर्ने कुनै पनि वस्तु आयातमा रोक लगाएको छैनन् ।
कोरोना कहरमा सबै भन्दा पहिला १० लाख डोज कोरोना बिरुद्धको भ्याक्सिन पठाएर भारतले ठुलो गुन लगाएको थियो । मलको हाहाकार हुदा नेपालले चिन सरकार सग मल खरिदका लागी अनुरोध गर्दा समेत चिन सरकारले वास्ता नगर्दा त्यस बखत भारत सरकारले अनुदानमा मल खाद उपलब्ध गराएको हो ।
नेपाल कृर्षी प्रधान देश भनिन्छ तर के आधारमा कृर्षी प्रधान देश भनियो यसको कसै सग ठोस जवाफ छैन । कृषीमा आधारित सबै बस्तु छिमेकी मित्र राष्ट्र भारतबाट निर्यात गर्नु पर्ने अवस्थामा नेपाल कृषी प्रधान देश भन्नु नेपालीका लागि बिडम्बना नै मान्नु पर्छ पर निर्भर रहेर आफूलाई कृषि प्रधान देश भनिरहदा रासायनिक मलको लागि नेपाली किसानहरु भारतीय बजारको मुख हेर्नु बाहेक अरु कुनै विकल्प नरहेको अवस्था छ ।
नेपाल एउटा पनि खाद्य वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन । पछिल्ला वर्षहरुमा मुलुक भित्र खाद्य वस्तुको माग बढदै गएको र उत्पादन घटदै जादा आयातमा निर्भर हुनु परेको हो । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्याङ्क हेर्दा नेपालमा खाद्य तथा तरकारी र फलफुल जन्य वस्तुहरुको आयात डर लाग्दो एवं भयाभव अवस्था सृजना भएको छ । छिमेकी मुलुक भारत बाट खाद्य तथा तरकारी र फलफुल जन्य वस्तु नेपाल आयात नहुने हो भने नेपालमा खाद्य संकट उत्पन्न हुने स्थिती देखिएको छ ।
नेपालमा पछिल्लो समय उत्पादनमा जोड दिन छाडिएको छ । जमिन बाँझो छाडने प्रवृती बढदै जानु, परम्परागत प्रणाली बाट कृषी नगरिनु, बढ्दो शहरीकरण जानु, मानिसहरुमा अल्छीपना बढनु, लगायतका कराणले नेपालको कृषी उत्पादन घटदै गइरहेको कृषि विज्ञ पारस झाको ठहर छ । भारत बाट खाद्य तथा तरकारीजन्य वस्तु आयात नहुने हो भने नेपालमा यसको हाहाकार हुने अवस्था आउने कृषी विज्ञ झाले बताए । कोरोना महामारी का बिचमा सिमा नाका मा मानिस आवत जावत मा प्रतिबन्ध लगाइए पनि खाद्य तथा तरकारी र फलफुल जन्य वस्तु आयातमा कुनै प्रतिबन्ध लगाइएको थिएन । नेपालका किसानले जति बेला धान र गहु को खेती सुरु गर्ने समय हुन्छ ।
त्यक्ती नै बेला मलको हाहाकार हुने गर्दछ । मलको हाहाकार हुदा नेपाली किसान छिमेकी मुलुक भारत बजारमा पुगेर मल खरिद गर्न बाध्य हुने गर्दछन । कृषि विज्ञ झाका अनुसार पंचायत कालमा तराई मधेशका उर्वर भुमिमा उत्पादन गरिने धान, गहँु, दाल, एवं तोरीको खेती पर्याप्त मात्रामा हुने गर्दथ्यो । नेपालमा उत्पाधन भएको खाद्यान्न सामग्री भारतीय बजारमा विक्री हुन्थ्यो तर प्रजातन्त्र आएपछि नेपाली किसानलाई उत्साहित गर्नुको साथै कागजमै सिमित हुँदा नेपाली किसानहरुको अहिले विजोग भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार