रौतहट, २१ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनले देशको गौरव बढाएको भन्दै यो आन्दोलनलाई अपराधीकरण नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिए ।
सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नका लागि नेपालको जेनजी पुस्ताले सडक संघर्ष मार्फत विद्रोह गरेर दुई तिहाईको सत्ता ढालेको भन्दै साहले यस्तो आन्दोलनको गौरव गर्नुको साटो अहिलेको सरकारले जेन–जी आन्दोलनकारीलाई धरपकड गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै आक्रोश पोखे ।
आम जनता पार्टीको रौतहट ४ नम्वर निर्वाचन क्षेत्रीय भेलालाई चन्द्रपुर नगरपालिकाको नयाँ बस्तीमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनलाई विद्रुपीकरण गर्ने र आन्दोलनमा सहभागी साहसी युवाहरुलाई प्रताडित गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिए ।
जनेजीको नेतृत्वमा जनविद्रोह भएको दुनियाँमा यो आन्दोलनेले देशको गौरव बढाएको छ । नेपालको इतिहासमा दुई दिनमा सत्ता उलटपुलट गरेको यो पहिलो आन्दोलन भएको छ । यसले सबै रेकर्डलाई तोडेको छ । म यही मञ्चबाट जेनजीहरुलाई सलाम भन्न चाहन्छु । तपाईं जेनजीहरुले नेपालको गौरव बढाउनु भएको छ ।
भ्रष्टाचारीलाई चकनाचुर गर्ने जेन–जीहरु सम्मानित हुनुपर्ने हो, तर, अहिले यहाँ उल्टै जेनजीहरुलाई अपमानित गरिएको छ । लुक्नुपर्ने स्थिति बनाईएको छ । म सुशीला कार्कीलाई सोध्न चाहन्छु–जेनजी आन्दोलन महान थियो कि नाजायज थियो ? तपाईं त यही जेनजी आन्दोलनबाट प्रधानमन्त्री बन्नु भएको होइन, तैपनि जेनजी युवालाई हत्कडी किन लगाएको गम्भीरु प्रश्न गरे ।
तपाईंले जेनजी आन्दोलनकै बेलामा भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्नुभएको थियो, तर अहिले प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर ती महान जेनजीलाई हत्कडी लगाउनु तथा भ्रष्टलाई सम्मान गर्नु प्रधानमन्त्री कार्की तपाईंको यो दोहोरो चरित्र किन ? यो दोहोरो चरित्र अब चल्दैन ।’
नेता साहले हिजो मधेश समृद्ध रहेको इतिहास सुनाउँदै आज मधेशवादी दलकै कारण मधेश उजाड भएको आरोप लगाए । सिंगो देशलाई पाल्ने अन्नको भण्डार मधेश आज कमजोर बनाउने काम यहाँका शासक मधेशवादी दलले गरेको उनको आरोप लगाए ।
७६१ सरकारमा कुनै न कुनै दल सरकारमा छन् । सबै भागबण्डा गरिरहेका छन् । लुटिरहेका छन् । यो व्यवस्था आउँदा जम्मा ३ खर्ब ऋण थियो । आज २८ खर्ब भन्दा माथि ऋण छ । यो देशमा आज एउटा बच्चा जन्मिने बित्तिकै एक लाख ऋण लाग्छ । तपाईं हामीले अब सोध्ने बेला आयो, यी चोर नेतालाई कि तपाईंले लिएको कर्जाको पैसा के गर्नुभयो ? १९ खर्ब बजेट छ, तर ऋण २८ खर्ब छ ।
मुलुक अहिले एफटिएएफको ग्रे–लिष्टमा छ । २ वर्षको समय छ । यो अवधिमा ग्रे–लिष्टबाट निस्किन सकिएन भने मुलुक ब्ल्याक–लिष्टमा जान्छ । अनि देशको अवस्था के हुन्छ ? यो विषयमा अब चोर नेतासँग यो स्थितिको बारेमा सोध्नुपर्छ । भ्रष्टाचार, कर्जा, करको आतंक किन भयो भनेर चोर पार्टी र यसका नेताहरुलाई सोध्नुपर्छ ।’
उनले नेपालको इतिहासमा रौतहटले जहिल्यैपनि अग्रणी भूमिका खेलेको स्मरण गराए । उनले भने,‘यो देशको परिवर्तनको आन्दोलनमा रौतहटले अग्रणी भूमिका खेलेको छ । जब जब देशमा संकट आईपरेको छ, यो जिल्लाले जुरुक्कै उठेर निकासको लागि भूमिका खेलेको छ । अब फेरि हामी नयाँ इतिहास कोर्नेछौं । यही जिल्लाले नयाँ इतिहास बनाउनेछ ।’