पणजी (गोवा भारत), २५ मंसिर । गोवाको एक अदालतले बिहीबार भएको भिषण आगलागी भएका जनधनको क्षतिका लागि लगानी कर्तालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ७ दिनको इजाजत दिएका छन् ।
‘बर्च बाइ रोमियो लेन’ नाइटक्लबमा भएको आगलागीबाट भएको मानविय क्षतिको जिम्मेवार उक्त क्लवका साझेदार र लगानीकर्ता अजय गुप्तालाई सात दिनको लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न गोवा अदालतले इजाजत दिएका हुन् ।
बुधबार दिल्लीबाट पक्राउ परेका गुप्तालाई सोधपुछका लागि ट्रान्जिट रिमाण्डमा साँझ गोवा ल्याइएको थियो । उनलाई थप अनुसन्धानका लागि अन्जुना प्रहरी चौकी लगिएको एक अधिकारीले बताए ।
उनलाई बिहीबार यहाँबाट ९ किलोमिटर टाढा मापुसा सहरको अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई सात दिनको प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न इजाजत दिएको बताइएको छ ।
गुप्ताका वकिल रोहन देसाईले गोवा प्रहरीले १० दिनको समय मागेपनि अदालतले सात दिनको समय दिएका थिए । उनले भने कि उनका ग्राहक “अनुसन्धान एजेन्सीलाई पूर्ण रूपमा सहयोग गर्दैछन” ।
आफूलाई प्रहरीको गाडीमा लैजाँदै गर्दा गुप्ताले पत्रकारलाई उक्त घातक दुर्घटनामा आफ्नो कुनै भूमिका नभएको बताए । “मलाई केहि थाहा छैन । मेरो कुनै संलग्नता छैन । म केही साझेदार भएपनि उक्त क्लव सञ्चालनमा मेरो कुनै संलग्नता छैन” उनले भने ।
डिसेम्बर ६ को मध्यरातमा उत्तर गोवाको सुविधामा ठूलो आगलागीमा २० कर्मचारी र पाँच पर्यट सहित २५ जनाको मृत्यु भएको थियो । यसअघि गुप्ता विरुद्ध लुक आउट सर्कुलर जारी गरिएको थियो ।
डिसेम्बर ६ मा मध्यरातमा पनिजीबाट २५ किलोमिटर टाढा अर्पोरामा रहेको नाइटक्लबमा भएको आगलागीको सम्बन्धमा गोवा पुलिसले पाँच जना व्यवस्थापक र स्टाफ सदस्यहरूलाई पहिले नै गिरफ्तार गरिसकेको छ ।
आगलागीको घटना लगत्तै थाइल्याण्डको फुकेटतर्फ प्रस्थान गरेका दाजुभाइ तथा सह–मालिक सौरभ र गौरव लुथरालाई त्यहाँ हिरासतमा राखिएको अधिकारीहरूले बताए । उनीहरु विरुद्ध इन्टरपोलले ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
श्रोतः पीटीआई