690
Shares
रौतहट, ८ पुस । रौतहटको कटहरिया नगरपालिका स्थित लाल बकैया नदीमा एक ६० बर्षिय पुरुष व्यक्तिको शव फेला परेको छ ।
कटहरिया नगरपालिका वडा नम्वर ४ टोलापुरका ६० वर्षीय नागेन्द्र महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको हो ।
मृतक महतो पछिल्लो केही दिनदेखि घरबाट हराइरहेकाले उनको एक दुई दिन अघि नै डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाकासई सुरेश गुप्ताले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन