हुण्डीको रकम सहित जयसवाल रौतहट प्रहरीको खोरमा

0 Shares
रौतहट, २६ मंसिर । एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, शुक्रवार विहान १०.२० बजेको समयमा मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा विशेष चेकिंगको क्रममा मधेश प्रदेश–०३–०३३प ३११० मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ले गार्डमा झोलामा राखिएको ११ लाख ४७ हजार श्रोत नखुलेको रकम सहित बारा जिल्ला सिम्रौनगढ नगरपालिका–११ भवानिपुरका लक्ष्मिप्रसाद कलवारको ३६ बर्षीय छोरा मुन्ना प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेका हुन् ।
बाराको हरनैयाबाट देवाही गोनाही हुँदै कटहरिया तर्फ जाने क्रममा प्रहरीले चेकिंगको क्रममा जयसवाललाई श्रोत नखुलेको अर्थात हुण्डीको रकम रहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले जानकारी दिए ।
हुण्डी कारोवारी जयसवाललाई हिरासतमा राखेर प्रहरी आवश्यक अनुसन्धान गरिरहेको उलने बताए ।
सीमावर्ती क्षेत्रमा नेपाली नोटको अबैध कारोवार संचालन भईरहेको अवस्थामा प्रहरी त्यस्ता कारोवारलाई पूर्ण रुपमा निष्तेज पार्न सुक्ष्म निगरानी बढाएको डिएसपी बस्यालले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।