बसको ठक्करले पति गुमाएकी श्रीमतीको आरोपः ’प्रहरीले नारायणी बस व्यवसायीको दबाबमा विपक्षीलाई जोगायो’, गृह मन्त्रालयमा उजुरी दर्ता

0 Shares
रौतहट, २७ मंसिर । मंसिर ५ गते वीरगंजबाट पथलैयातर्फ जाँदै गरेका स्कुटर चालक जितेन्द्र प्रसाद रौनियारको बसको ठक्करबाट भएको मृत्युको विषयलाई लिएर नयाँ मोड आएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुर्गा भगवती गाउँपालिका–१ का ३५ बर्षीय रौनियारको मंसिर ८ गते नेपाल मेडासिटी बयोद्धा हस्पिटल, वीरगंजको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको थियो ।
काम विशेषले वीरगंजबाट पथलैया तर्फ बा. ९३ प. ३९४४ नम्बरको स्कुटीबाट रौनियार जाँदै गरेको अवस्थामा गलत दिशाबाट आएको ना ६ ख ८४२५ नम्बरको ’ओम शक्ति डिलक्स’ बसले ठक्कर दिँदा अंगभंग हुनुका साथै टाउको र हातखुट्टा, निधारमा गम्भीर चोट लागेको थियो ।
ठक्कर दिने बस र चालक बारा जिल्ला कलैया उपमहानगरपालिका–६ का ३५ वर्षीय शमसुल होदा हवारीलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
आफनो श्रीमान् गुमाएकी प्रिती देवी रौनियारले पटक पटक इलाका प्रहरी कार्यालय सिमरामा न्यायको लागि गुहार लगाउदा नारायणी वस व्यवसायी संघको दवावमा बस चालकलाई जोगाउने कार्यमा मात्रै त्यहाँको प्रहरी प्रमुख सक्रिय रहेको उनले गम्भिर आरोप लगाइन् ।
श्रीमती रौनियारले इप्रका सिमराका प्रमुख आर्थिक चलखेलमा परेर जानीजानी श्रीमानको हत्या गर्नेलाई जोगाउने कार्यमा संलग्न रहेको चालक हवारी विरुद्ध ’कर्तव्य ज्यान कसुर’ मा मुद्दा चलाउन जाहेरी दिए पनि कुनै सुनुवाई नगरेको प्रेस वक्तव्य मार्फत जानकारी गराइन् ।
यता कुने सिप नलागेपछि आफू बाध्य भएर गृह मन्त्रालयमा लिखित उजुरी दिएको बताउदै उनले भने प्रहरीबाट न्याय पाउन आशा नदेखिपछि न्यायोचित छानबिनको लागि हिजो गृह मन्त्रालय, काठमाडौंमा लिखित जाहेरी दर्ता गराएको जानकारी दिइन् ।
गृह मन्त्रालयमा दिएको जाहेरीमा अगाडी भनिएको छ,  घटनास्थल क्षेत्रको सिसीटिभी फुटेजको आधारमा यथार्थ छानविन एवं अनुसन्धान गरेर बस चालक र बस धनी विरुद्ध कारवाहीको माग गर्दै गृह मन्त्रालयमा पत्र दर्ता गराएको स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।