प्रशासनले एक महिनाभित्र पीडितलाई न्याय नदिए अदालत जाने राष्ट्रिय तत्मा समाजको चेतावनी

0 Shares
ओम प्रकाश यादव
रौतहट, २७ मंसिर । अर्काकी श्रीमती भगाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका वडा सदस्यलाई धरौटीमा रिहा गरिएको घटनाप्रति राष्ट्रिय तत्मा समाज नेपाल रौतहटले गम्भीर आपत्ति जनाउँदै एक महिनाभित्र पीडितलाई न्याय नदिइए अदालत जान बाध्य हुने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, रौतहटले कटहरिया नगरपालिका–१ भसेढवाका वडा सदस्य सतलाल दासलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उक्त निर्णयप्रति राष्ट्रिय तत्मा समाजको गम्भीर ध्यानाकर्षण भएर उक्त चेतावनी दिएका हुन् ।
वडा सदस्य दासमाथि तीन सन्तानकी आमा भसेढवाकी सुष्मिता दासलाई भगाई करिब नौ महिना सम्म यौन शोषण गरेको गम्भीर आरोप लागेको छ । पीडित महिला विवाहिता महिला हुन् भने अभियुक्त दास स्वयं पनि विवाहित व्यक्ति हुन् ।
नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित दासले सुष्मिताका श्रीमान वैदेशिक रोजगारीमा रहेको मौका छोपी झुटो प्रेमको नाटक गर्दै भगाएको पीडित परिवारको आरोप छ । भगाएपछि दासले बाराको निजगढमा कोठा भाडामा लिएर सुष्मितालाई राखी लामो समयसम्म लुकिछिपी सँगै बसेको खुलेको थियो ।
उनीहरूले आफूहरू श्रीमान श्रीमती भएको भन्दै घरबेटीलाई समेत झुक्याई नौ महिनासम्म एउटै कोठामा बसेको तथ्य पछि सार्वजनिक भए । सुष्मिताकी सासु घुनिया देवीले खोजी गर्दै निजगढ पुगेर दुवैलाई सँगै बसेको अवस्थामा फेला पारेपछि निजगढ प्रहरीलाई जानकारी गराएकी थिइन् ।
निजगढ प्रहरीले दुवै जनालाई पक्राउ गरी रौतहटको गरुडा प्रहरीलाई बुझाए पनि गरुडा प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारबाही गर्नुको सट्टा राजनीतिक दबाब र पहुँचका आधारमा मिलापत्र गराउँदै जिम्मा जमानीमा छाडेको आरोप लागेको छ ।
उक्त घृणित घटनापछि दलित समुदायका अगुवाहरू आक्रोशित बनेर जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला प्रशासन कार्यालय गौर घेराउ गरेपछि मात्र रौतहट प्रहरीले दासलाई पक्राउ गर्न बाध्य भएको थियो ।
राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटका अध्यक्ष रामबाबु दास तथा राष्ट्रिय ततमा समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवं मधेश प्रदेश दलित विकास समितिका पूर्व सदस्य तथा जसपा नेपालका नेता राजकुमार दासको नेतृत्वमा करिब चार सय दलित अगुवाहरू आन्दोलनमा उत्रिएका थिए ।
पीडित परिवार तथा तत्मा समाजले युवक दासमाथि बहुविवाह, ठगी तथा यौन शोषणका गम्भीर मुद्दा चलाउन माग गरे पनि जिल्ला प्रहरी कार्यालय रौतहटले सामान्य ‘दुव्र्यवहार’ को मुद्दा मात्र दर्ता गरेको भन्दै आपत्ति जनाइएको छ ।
२४ दिन थुनामा बसेपछि चार दिनअघि मात्रै दास २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
पीडित परिवारका अनुसार सुष्मितालाई विवाहकै बेला माइती पक्षले करोडौँ मूल्य बराबरको चार कठ्ठा जग्गा दिएको थियो भने ससुराली पक्षबाट गरगहना समेत प्रदान गरिएको थियो । साथै, उनका श्रीमानले वैदेशिक रोजगारीबाट १२ लाख रुपैयाँ सुष्मिताको नाममा पठाएको र ती सबै सम्पत्ति सुष्मिताले नै राखेको आरोप छ ।
दासले प्रेमको नाटक गरी सुष्मिताको नाममा रहेको जग्गा, गरगहना र लाखौँ रुपैयाँ ठगी गर्ने उद्देश्य राखेको पीडित परिवार र राष्ट्रिय ततमा समाजको ठहर छ ।
पीडित परिवार तथा तत्मा समाजले सुष्मिताको नाममा रहेको सम्पूर्ण जग्गा, रकम र गरगहना ससुराली पक्षलाई फिर्ता गराउन तथा दासमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । रौतहट प्रहरी र प्रशासनलाई एक महिनाभित्र निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन अल्टिमेटम दिइएको छ ।
तोकिएको अवधिभित्र दासमाथि कडा कारबाही नगरे र पीडित परिवारलाई सम्पत्ति फिर्ता नगराए घुनिया देवीको न्यायका लागि अदालत जाने बाध्यता हुने राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।