१० किलो गाँजा सहित तिन महिला पक्राउ

   ८ पुष २०७८, बिहीबार १९:२८  

तराई टप
गरुडा (रौतहट), ८ पुस । १० किलो लागु औषध गाँजा सहित तिन जना महिलालाई पक्राउ गरेको भएपनि प्रहरीले झण्डै एक साता पछि उक्त कुरा सार्वजनिक गरेको छ ।
मंसिर २९ गते साढे ११ बजे रातिको समयमा इप्रका गरुडाबाट प्रहरी नायव निरीक्षक सुरेन्द्रकुमार सिंहको कमाण्डमा खटिएको मोवाइल गस्ती टोलीले गरुडा नपा ४ मेथुर चोकमा चन्द्रपुरबाट गौर तर्फ जाँदै गरहेका ना.१ ह. ५७५५ नम्वरको टेम्पुलाई चेकजाँच गर्दा तिन जना महिला सहित १० किलोग्राम लागु औषध गाँजा बरामद गरेका थिए । तर उक्त बरामद भएको कुरा एक साता पछि इप्रका गरुडाको फेसबुक पेज मार्फत आज सार्वजनिक गरिएको हो ।
चितवन जिल्ला कालिका नगरपालिका वडा नम्वर ११ शक्तिखोर बस्ने प्रेम बहादुर चेपाङको ३० बर्षिया श्रीमती अस्मिता प्रर्जा, सोही स्थानका दिल कुमार प्रजाको २६ बर्षिया श्रीमती रेशमा प्रजा र अविनाश चेपाङको ३४ बर्षिया श्रीमती मनमती चेपाङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
इप्रकाको आधिकारी फेसबुक पेजमा भनिएको छ २ वटा झोलामा प्लाष्टिकमा डोरीले बाधी लुकाई छिपाई राखेको २ वटा ठुलो पोकामा लागु औषध गाँजा १० किलो फेला परेको हुँदा उक्त गाँजा रितपुर्वक बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै