zoom builder download zoom deb download zoominfo pricing options download zoom for win 10 zoom cloud meeting app for online classes download zoom download for windows pc

रौतहटको माधवनारायणको लौकाहामा १७ बर्षिया विवाहिता महिलाको गोली हानी हत्या

   २७ कार्तिक २०७७, बिहीबार ०९:५३  

रौतहट, २७ कार्तिक । रौतहटको माधवनारायण नगरपालिकाको लौकाहा गाउँमा वुधवार राति एक १७ बर्षिया विवाहिता महिलाको गोली हानी हत्या गरिएको छ ।
माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा गाउँका रामअयोध्या साहको १७ बर्षिया विवाहिता छोरी अमृताकुमारी साहलाई गएराति ११.३० बजेको समयमा सुतिरहेको अवस्थामा टाउकोको दाहिने निधारमा गोली हानी हत्या गरिएको हो ।
आमा सिता देवी साह राति घरको ढोका खोली शौचालय तर्फ जाँदा अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउको दाहिने तर्फ एक राउण्ड गोली प्रहार गरेर फरार भएपछि गोलीको आवाज सुनेर आमा शौचालयबाट निस्केर घरमा जाँदा छोरी छटपटिरहेको र केही वेरमै उसको मृत्यु भएको उनले बताइन । घटनाको जानकारी तत्कालै प्रहरीलाई गराउदा प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएका छन् ।
सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा हत्या भएको खवर पाउना साथ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी उपरिक्षक सुर्य सेन ओली र सरकारी वकिलको टोली घटनास्थलमा पुगेर हत्यामा संलग्न व्यक्तिहरुको तत्काल नियन्त्रणमा लिएर कारवाही बढाउन प्रहरीलाई प्रजिअले निर्देशन दिएको छ । प्रहरी उपरिक्षक शाहले अपराधी पत्ता लगाउन तालिम प्राप्त कुकुरको मद्दतबाट अनुसन्धान भईरहेको जानकारी उनले दिए ।


मृतक महिला अमृताको परिवारीक श्रोतका अनुसार २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग मागी विहे भएका थिए । अमृता ससुराली घर बैशाख महिनामा गएको चौथो दिन रुपेश माथि धारिलो चाकुबाट प्रहार भएको थियो । चाकु प्रहारबाट गम्भीर घाईते भएका रुपेशको तिन महिनाको उपचार भएको र निको भएपछि अमृता संग रुपेशले २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट छोड पत्र गराए ।
रुपेश छोडपत्र गरेको भोली पल्ट चाकु प्रहार गर्ने अमृता सहित उनको प्रेमी माधव नारायण नपा कुश्वाहा चोक निवासी सचिन्द कुश्वाहा विरुद्ध मलंगवा अदालतमा कत्र्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको र सोही दिनपछि प्रेमी कुश्वाहा र अमृता फरार रहदै आएका थिए । मृतक अमृता गौर नपा ५ सपगढा स्थित भिनाजु ओमप्रकाश साहको घरमा लुकेर बसेको र तिहार मान्न घर आएको वेला राति हत्या हुनु घटनालाई जटिल बनाएको घटनास्थलमा अनुसन्धानको क्रममा उपस्थित प्रहरी अधिकारीले बताए ।
घटना भएको घरको बाहिरको वालमा रगतको छिटा समेत भेटिएको हुँदा प्रेम प्रसंगको कारण हत्या हुन सक्ने आशंका प्रहरी उपरिक्षक शाहले व्यक्त गरे । अमृताको हत्या भएको दुई घण्टा पछि अनुसन्धानका शिलसिलामा छोडपत्र भएका श्रीमान रुपेशलाई सर्लाही प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको भएपनि प्रेमी कुश्वाहा फरार रहेको हुँदा निजको खोजी कार्य तिव्र बनाइएको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै