free download zoom.us download new version of zoom zoom download recording extension install zoom all users windows 10 download most recent version of zoom join zoom meeting by id number - join zoom meeting by id number

प्रतिक्रियावादीले बनाएको गठबन्धनको निकम्मा सरकारबाट नेपाली जनता पिडित बन्दै

   ८ पुष २०७८, बिहीबार १९:४६  

तराई टप
वीरगञ्ज, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको मयाण्डेड अनुसार आफनो नेतृत्वमा रहेको सरकारलाई ढाली अहिलेको देशी विदेशी प्रतिक्रियावादी हरुको कठपुतलीको सरकार बनेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा हिडिरहदा विदेशी शक्तिहरुलाई अपच भई केही विकाउ एवं गद्दारहरुको कारण मेरो नेतृत्वको सरकार ढाल्न लगाएर अहिले कठपुतलीको सरकार बनेको देख्दा दुख लागेको बताए ।
जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो, अध्यक्ष ओलीले दावी गरे । उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नया जनादेशको कुरा गर्ने गरेको तर पार्टी भित्रकै आन्तरिक गद्दारहरुको कारण सफल भएन । गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिदै उनले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाए ।
गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकास प्रति कुनै चासो छैन । आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवी एवं वेथिती तर्फ धकेल्दै गएको ओलीले आरोप लगाए । विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उनले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेर आज मासिक ४ हजार रुपैया घरमै पुग्ने गरेको ओलीको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै