सडक दुर्घटनाको जोखिमलाई न्यून गर्न ट्राफिक सचेतना कार्यक्रम अभियान रौतहटमा शुभारम्भ

0 Shares
रौतहट, ६ पुस । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सवारी चालकहरुलाई ध्यान पुर्याउन विभिन्न सन्देशमुलक बोर्डहरु राजमार्गमा खडा गराएर दुर्घटनाको जोखिमलाई न्युन गर्ने अभियानमा जिल्ला ट्राफिक कार्यालय अग्रसर बनेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराबाट तयार गरेर मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाबाट स्वीकृत भएका “सडक दुर्घटना बिरुद्ध युवा–२०८२” कार्ययोजना अन्तर्गत सचेतनामूलक कार्यक्रमको रौतहटमा अभियान सुरु गरिएका हुन् । कार्ययोजना अनुसार रौतहट जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलदेखि बाराको सिमाना धनसार पुलसम्म तथा चन्द्रपुर–गौर सडकखण्डमा दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक बोर्डहरू स्थापना गरिएको छ ।
महालक्ष्मी पेन्ट उद्योग, काठमाडौंको सहकार्यमा प्राप्त ट्राफिक सडक सामग्री अन्तर्गत १८ थान सचेतनामूलक बोर्ड सडक छेउछाउमा जडान गरिएको हो ।
सचेतनामूलक बोर्ड स्थापना कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका कार्यालय प्रमुख राजेन्द्र थापा मगर, सञ्चारकर्मी, स्थानीय भद्रभलादमी तथा युवा वर्गको उपस्थितिमा कार्यक्रम हालै सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक सिलवालले सडक दुर्घटना न्यूनीकरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै यस अभियानले सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति कम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।