ओलीको मधेश भ्रमणबाट मधेशी जनताको मनमा परेको गाठो फुकाल्न नसकेको मधेश केन्द्रीत नेताहरुको भनाई

तराई टप संवाददाता
कपिलबस्तु, ९ पुस । नेकपा एमालेको अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कपिलवस्तु भ्रमणले मधेशी जनताको मनमा परेको गांठो फुकाल्न सकेनन् ।
मधेश आन्दोलनका बेला आफनो अधिकारका लागि संघर्षरत रहेका मधेशी, थारु लगायत पछाडि परेको समुदायलाई होच्याउने खालको उखान टुकाको माध्यमबाट दिइने वक्तव्यले जहाँ मधेशी समुदायमा अहिले पनि नेकपा एमाले अध्यक्ष केपी ओली प्रतिको कुण्ठा, रिस, रागहरु मनमा व्याप्त रहेको छ, त्यहीं उनको कपिलवस्तुको बहादुरगंज लगायतको मधेशी समुदायबीचको सभामा स्थानीय जनताहरुको न्यून उपस्थितिबाट स्पष्ट भएको छ मधेशी जनताहरुको मनमा परेको गांठो फुकाल्न नसकेको राजनितिका जानकारहरु बताउँछन् ।
मधेश केन्द्रित राजनितिका अगुवाहरु भन्छन, यो देशमा केपी शर्मा ओली सरकारमा मधेशीलाई कहिले पनि नेपाली मानेन । मधेशीले नाकाबन्दी गर्दा भारतीयहरुको संज्ञा दिने ओली नै थिए भने त्यति बेलाका वक्तव्यमा पनि उनले मधेशिलाई होच्याउने शब्द प्रयोग गरेका सबै लाई थाहा छ ।
जिल्लाको बहादुरगंज लगायतको क्षेत्र मधेशी जनताहरुको एतिहासिक आन्दोलनको पवित्र स्थलको रुपमा रहेको छ । पटक पटकको आन्दोलन, नाकाबन्दी देखि लिएर प्रतिकार सम्म जिल्लामै अग्रपंक्तिमा यो ठाउंलाई चिनिन्छ । यसठाउंको चौक मै हामी केपी ओली पुतला जलायौं, चक्का जाम गर्याैं तर तात्कालिन प्रधानमन्त्री रहेको केपी शर्माओली हाम्रो आवाज सुनेन आज चुनाव नजिकै जांदा पनि आफ्नो सभा मार्फत पनि मधेश व मधेशीका लागि कुनै प्रकारको अतिरिक्त प्याकेज सम्म दिलाउने सम्म वक्तव्य नदिनु पछाडिको मनसाय जनताहरुले बुझिसकेका छन ।
नेकपा अध्यक्ष ओली बहुमतको सरकारमा चार बर्ष थिए तर कपिलवस्तुलाई बिकास गर्ने कुनै नितिगत प्याकेज नदिएको कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहको भनाई छ । सांसद शाहले द्वन्द र नाकाबन्दीमा देशलाई धकेलेर प्रति नेपाली नागरिक ऋण बढाउने अस्पष्ट रणनिति भएका यस्ता राष्ट्रिय नेता आउंदैमा केही फरक नपर्ने प्रतिक्रिया दिए । एमाले लगायत कुनैपनि कम्युनिस्ट पार्टी अब नेपालमा फस्टाउन सकिदैनन र आउने निर्वाचनमा लोकतान्त्रिक पार्टीमात्र देशको नेतृत्व गर्ने सांसद शाहले ठोकुवा गरे ।
प्रधानमन्त्री पदका राष्ट्रिय नेताको सभामा पुरै लुम्बिनी प्रदेशका कार्यकर्तालाई ह्विप जारी गरि भीड जुटाउदा पनि आठ दस हजारमात्रको उपस्थितिले केपी ओलीको लोकप्रियता छर्लङ्ग भएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरीको भनाई छ । आफ्नो अनुरुपको संविधान जारी गराएर सरकारमा हुंदापनि मधेशको सेन्टिमेन्ट र यहांका किसानहरुको समस्या समेट्न नसकेकाले ओलीको कपिलवस्तु भ्रमणले कुनै खास प्रभाव नपार्ने अध्यक्ष चौधरीले बताए ।
पौष ६ गते को भ्रमणले एमालेलाई फाइदा हुनुभन्दा पनि मधेशबादी दल जनता समाजबादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको अगामी रणनितिलाई दिशानिर्देश गरेको छ । अहिलेको अवस्थामा कपिलवस्तुका ३ वटै प्रतिनिधि सभा क्षेत्रमा जसपा र लोसपाका प्रबल दाबेदार नरहेकाले आउने निर्वाचनमा मधेश केन्द्रित राजनितिलाई असर गर्ने जानकारहरुको बुझाई छ ।