सिंहदरवार संग आँखा जधाउन निकट भविष्यमा एक लाख मानिस उतार्ने तयारीमा दलित समुदाय

   ९ पुष २०७८, शुक्रबार १३:४८  

तराई टप संवाददाता
बाँके, ९ पुस । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा जागरण सभा विहहिवार सम्पन्न गरेको छ ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल बाँके जिल्ला अध्यक्ष प्रेमबहादुर बैगारको अध्यक्षतामा जागरण सभामा सम्पन्न गरिएको हो ।
जागरण सभामा बाँके जिल्लाका सबै दलित अगुवा, दलित जनप्रतिनिधिहरु सहित आम नागरिकहरुको सहभागिता रहेको थियो । जागरण सभामा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका पश्चिम संयोजक खगेन्द्र सुनारले सम्बोधन गरे । संयोजक सुनारले मुलुकमा रहेको वर्तमान व्यवस्था भित्र दलित समुदायको सहभागिता नभएको भन्दै आक्रोस ब्यक्त गरको छन् ।
मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि दलितहरु बगाएको पनि रगत पसिना र त्याग तपस्याको कुनै मूल्याँकन गरिएन । दलितहरु राज्य व्यवस्थाको लागि दिएको आहुतीको देशका शासक बर्गले दलितहरु लाई सम्मानजनक स्थान दिन सकिरहेको छैन् ।
उनले भने, हिजो गाउनु पर्ने बजाउनु पर्ने हामीले थियो, अहिले पैसा आउन थालेपछि हाम्रो पेसा खोसिएको छ । अनि हाम्रा समुदायका मानिसहरु गिट्टी कुट्न बाध्य छन् तर पनि त्यसको मुल्य पाएका छैनन् । दलितका परम्परागत सीप खोसिएका छन श्रम मा शोषण गरिएको छ ।
हिजो दलितले आफ्ना परम्परागत सीप गर्दासम्म राज्यबाट कुनै सहयोग पाउन सकेका थिएनन् भने, तर आज कथित गैरदलितले व्यवसायीक सिलाई कटाई, फलामको काम जुत्ता सिलाउने लगायत काम गरिरहदा राज्यकोषबाट मनग्य अनुदान पाउने गरेका प्रति सुनारले व्यवस्था बिरूद्ध आक्रोस व्यक्त गरे ।
अन्तर जातीय विवाह गरेकै कारण बेपत्ता बनाइन्छ । अर्जुन दासहरुको घाटी रेटेर हत्या गरियो हाम्रो सम्झाना कामीहरुलाई बलात्कार गरियो त्यसको विरुद्धमा देशमा विद्रोहको आवश्यक परेको सुनारले बताए । यो राज्यले दलित समुदायका मुद्धाहरु गम्भीरतापुर्वक सुनुपर्छ । दलित समुदायलाई जागरण र राज्यलाई दबाव दिन लागेको बताए ।
अव इतिहासमा एक चोटी काठमाडौंमा एक लाख संख्या उतारेर दलितहरुले सिंह दरवार सँग आँखा जुधाउने तयारी गरेको जानकारी दिए । इतिहासका ढडा पल्टाउने तयारी भइरहेको छ । जातकै कारण हामीलाइ कुल्चिएर राख्ने, मारेर राख्ने यो व्यवस्थाको विरुद्धमा एकचोटी लड्ने तयारी भएको बताए । अभियान यति बेला देशव्यापी रुपमा चलिरहेको छ यसमा सिंगो दलित समुदायले हातेमालो गर्न संयोजक सुनारले अपिल अपिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै