बहुदरमाईका तत्कालीन प्रशासकीय अधिकृत शरे मुस्तफा सहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0 Shares
रौतहट, ९ पुस । पर्साको बहादुरमाई नगरपालिकामा गोप्य ठेक्का गरेर आर्थिक हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह लेखापाल सहित तीन जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेका छन् ।
बहादुरमाई नगरपालिकामा सडक कालोपत्रेको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत  मुस्तफा, सह लेखापाल उपेन्द्रकुमार साह र स्थानीय जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साह विरुद्ध विशेषमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर अख्तियारले गरेका हुन् ।
अभियोग पत्रमा लाभ तथा हानि पुर्याएको आरोप लगाएको छ । आर्थिक वर्ष २०८०–८१ मा बैरिया प्रवेशद्वार देखि नगरदाहाँ सम्म सडक कालोपत्रे गर्ने ठेक्का लगाउँदा आपसी मिलेमतोमा बोलपत्रको सूचना लुकाएर नजिकका व्यक्तिलाई ठेक्का दिएको आयोगको दाबी छ ।
आयोगको अनुसन्धानमा २०८० चैत २५ गते बोलपत्र आह्वानको सूचना उक्त पत्रिकाको एक प्रति मात्रमा प्रकाशित गरेको देखाइएको थियो । तर प्रेस काउन्सिल नेपालको अभिलेखमा रहेको सोही मितिको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशित नै नभएको पाइएको जनाइएको छ । सूचना नै नछापी झुट्टा बिल–भरपाई पेस गरी ६५ हजार रुपैयाँ भुक्तानी दिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।
आयोगले तीनै जनाविरुद्ध ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गरेको छ । मुस्तफा र सह लेखापाल साहलाई मुख्य कसुरदार तथा सञ्जयकुमारलाई मतियारको रूपमा कारबाही माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।