बुहारीको हत्या गरेको आरोपमा ससुरा र दाइलाई अदालतले दियो कारागार चलानको आदेश

0 Shares
रौतहट, ९ पुस । रौतहटको बृन्दावन नगरपालिका–९ भुसाहा टोलमा १८ वर्षीया तरिमा खातुनको क्रुर हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गत मंसिर ९ गते बिहान तरिमाका बाबु शेख ताज महमदले छोरी विगत केही दिन देखि ससुराली पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते राति देखि बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरीको संयुक्त टोली ससुराली घरमा पुग्दा परिवारका सदस्यहरू फरार थिए । घरभित्र रगतका दाग र भुइँमा गाडिएको टाटो लिपोट देखिएपछि शंका बढेको थियो ।
प्रहरीले घर कम्पाउन्डमा खोजबिन गर्दा भुसको थुप्रो मुनी जमिन भासिएको स्थानबाट करिब पाँच फिट गहिराइमा बोराका एउटा पोको पारिएको अवस्थामा तरिमाको शव फेला पारेको थियो ।
मृतकका बाबुले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी भई मृतकका ७५ बर्षीया ससुरा शेख महमद अली र सहोदर दाइ शेख आश महमद विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।
मंसिर १० गते पक्राउ परेका दुवै जनालाई सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरियो । अदालतको पुस ८ गते दिएको आदेशमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको थप अनुसन्धान जारी रहेको र अन्य संलग्नहरूको खोजी भइरहेको सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।