बंगलादेशको मयमनसिंहमा गार्मेन्टमा काम गर्ने मजदुर दिपु चन्द्र दासको भिडद्वारा लिन्चिङ र शव जलाउने क्रूर घटना

0 Shares
२७ वर्षीय हिन्दू युवा दिपु चन्द्र दासलाई भीडले ईश्वर निन्दाको आरोपमा कुटपिट गरी जिउदै शवलाई रुखमा झुण्डाएर आगो लगाएको घटनाले विश्वव्यापी ध्यानाकर्षण गरेको छ ।
दिपु पायोनियर निट कम्पोजिट फ्याक्ट्रीमा काम गर्ने गार्मेन्ट मजदुर थिए र परिवारको एकमात्र कमाउने सदस्य थिए । उनी श्रीमती मेघना रानी, एक वर्षकी छोरी दीपिका, बुवा भक्त रविलाल दास, आमा शेफाली रविदास र दुई भाइ अपु दास तथा रितिक दाससँग मयमनसिंह नजिकको सानो घरमा बस्दथे ।
उक्त घटना युवा नेता शरीफ ओस्मान हादीको मृत्युपछि देशभर फैलिएको अशान्ति र हिंसाको बीचमा भएको हो । हादीको हत्याले ठूलो प्रदर्शन र तोडफोड निम्त्याएको थियो । प्रारम्भिक आरोप ईश्वर निन्दा थियो, तर बंगलादेशको रयापिड एक्सन बटालियन र प्रहरीको अनुसन्धानमा यस्तो कुनै प्रमाण भेटिएको छैन ।
परिवार र अनुसन्धानकर्ताहरूका अनुसार यो कार्यस्थलको विवाद (जागिरबाट निकाल्ने र पुरानो रिसइबी) बाट उत्पन्न भएको देखिन्छ । फ्याक्ट्री व्यवस्थापनले दिपुलाई जबरजस्ती राजीनामा गराएर भीडलाई सुम्पिएको आरोप लागेको छ ।
भीडमा दिपुका सहकर्मीहरू पनि संलग्न थिए र केहीले घटनाको भिडियो खिचेका थिए । प्रहरीले ढिलो जानकारी पाएका कारण समयमै पुग्न नसकेको बताएको छ । मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले घटनाको निन्दा गर्दै १२ जनासम्म पक्राउ गरेको र दोषीहरूलाई छाड्ने छैन भनी प्रतिबद्धता जनाए । युनुसका शिक्षा सल्लाहकारले परिवारसँग भेटेर समवेदना र सहयोगको आश्वासन समेत दिएका छन् ।
यो घटनाले बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ र भारत, नेपालमा पनि व्यापक विरोध प्रदर्शन भईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।