मजदुरी गरेर पूर्ण छात्रवृतिमा एमबीबीएसमा नाम निकालेका साफीलाई युवा नेत्री शर्मिला थापाद्वारा सहयोग प्रदान

0 Shares
सिरहा, १४ पुस । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफीले दैनिक ज्यालादारी मजदुरी गर्दै परिवारको जीविका चलाउँदै आए पनि अटल संकल्पका साथ एमबीबीएसमा पूर्ण छात्रवृत्ति हासिल गरी नेपाली युवाहरूका लागि प्रेरणाको ज्वलन्त उदाहरण बनेका छन् ।
दलित समुदायका यी युवाले आर्थिक अभाव र सीमित स्रोतका बाबजुद निरन्तर मेहनत र धैर्यताका बलमा मेडिकल शिक्षा आयोगको प्रवेश परीक्षामा सफलता प्राप्त गरेका हुन् ।
उनको यस्तो उपलब्धिले गरिबी र कठिनाइलाई पनि दृढ इच्छाशक्तिले जित्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
साफीको असाधारण सफलतालाई सम्मान गर्दै नेपाली कांग्रेस मधेश प्रदेशकी युवा नेत्री शर्मिला थापाले १ लाख ५ हजार सहयोग प्रदान गरेकी छिन् । सहयोग हस्तान्तरण गर्दै थापाले साफीको साहस, समर्पण र संघर्षलाई उच्च कदर गर्दै भविष्यमा थप सशक्त बन्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् ।
सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोद कुमार यादव, वडा अध्यक्ष राम खेलावन दास, प्राथमिक विद्यालय शिक्षक देवप्रसाद यादव, स्थानीय युवा नेता सुमन कुमार यादव, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी, समाजसेवी युवा नेता नारायण गुरुमाछन सहित स्थानीय बुद्धिजीवी, शिक्षक र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।