लमहा जंगलमा ग्यास बोकेका बुलेट ट्रक पल्टिएर अबरुद्ध बनेका पूर्व–पश्चिम राजमार्ग २४ घण्टा पश्चात संचालनमा

0 Shares
रौतहट, १६ पुस । पल्टिएका ग्यास बोकेको बुलेट ट्रकलाई हटाएपछि करिव २४ घण्टा पश्चात पूर्व पश्चिम राजमार्ग संचालन भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत लमाहा बन क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा हिजो विहान ७.३० बजेको समयमा पल्टिएको ग्यास बोकेको बुलेटबाट ग्यास सुरक्षित रूपमा खाली गरेर उठाएपछि राजमार्ग २४ घण्टा पश्चात बुधवार विहान पुनः संचालमा आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका हुन् ।
भारतको रक्सौलबाट नोबेल कम्पनीको एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको बुलेट ट्रक दुर्घटनामा परेपछि राजमार्ग हिजो विहानै देखि पूर्ण रूपमा अवरुद्ध बनेका थिए ।
दुर्घटनामा परेका बलेटबाट ग्यास लिक भईरहदा आवश्यक सुरक्षात्मक मापदण्ड पूरा गरेर ट्यांकर हटाएसँगै सवारी आवागमन खुलाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङले जानकारी दिए ।
प्राविधिक टोली संगै रातभरी सुरक्षाकर्मीहरु सडकबाट पल्टिएका ग्यास बुलेटलाई हटाउन सावधानीपूर्वक खाली गरिएसंगै क्रेनको सहायताबाट अवरुद्ध सडकलाई खाली गराउन सफल भएको डिएसपी लाबुङले बताए ।
डिएसपी लाबुङको अनुसार ग्यास बुलेट ट्रक हटाइएपछि पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै करिब दुई घण्टासम्म वारुणयन्त्र प्रयोग गरी सडक सफा गरिएको छ । सडक पूर्ण रूपमा सुरक्षित भएपछि मात्रै सवारी साधन सञ्चालन गर्न दिइएको उनले भनिन ।
हिजै बिहानैदेखि प्रहरीले राजमार्गको दुवै तर्फ सवारी आवागमनमा रोक लगाएको थियो । सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएको जनाइएको उनले स्पष्ट पारिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।