966
Shares
तराई टप
काठमाडौं, ९ पुस । संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईईलाई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रवार बसेको समितिको बैठकले १२ कक्षा सम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । १२ कक्षा सम्म विद्यालय तहको परीक्षा रहेकाले १२ को बोर्डले परीक्षा लिनुपर्ने र एसईई खारेज गर्न भनेको समितिका सभापति जयपुरी घर्तीले बताईन् ।
समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर सरकारले सो निर्देशन कार्यान्वयन नगरेपछि समितिले पुन ः सरकारको ध्यानाकर्षण गराएको हो । २०७७ जेठ २९ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन