zoom download for laptop free zoom login zoom meeting - zoom login zoom meeting zoom audio not working on laptop windows 10 download zoom sessions zoom download gratis pc download zoom aoo

श्रोत नखुलेको १६ लाख नेपाली नोट सहित एक भारतीय नागरिक वारा प्रहरीको कब्जामा

   ९ पुष २०७८, शुक्रबार १५:५३  

तराई टप
कलैया, ९ पुस । १६ लाख नेपाली रुपयाँ सहित एक भारतीय नागरिकलाई वारा प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार पूर्वी चम्पारण आदापुरका २२ वर्षीय रन्देश कुशवाहालाई कलैया उपमहानगरपालिकाको १० मटिअर्वा स्थित नहर चोकबाट पक्राउ गरिएको हो । विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँचको क्रममा विआर २२ एन ५०१४ नमवरको मोटरसाइकल सवार व्यक्तिलाई नियन्त्रणमा लिदा उक्त रकम फेला परेको बारा प्रहरीले जनाएको छ ।
भारतीय नागरिक कुश्वाहाको साथबाट १ हजारको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी १६ लाख श्रोत नखुलेको रकम बरामद भएको जानकारी दिदै वारा प्रहरीले सो विषयमा आवश्यक अनुसन्धान गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलहिया पठाउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै