युवा नेता बिक्रम यादव रास्वपामा प्रवेशः रौतहट क्षेत्र नम्वर १ बाट संघीय संसदको उम्मेदवारी घोषणा

0 Shares
रौतहट, पुस १७ । लामो समयदेखि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय रहेका रौतहटका युवा नेता बिक्रम यादव औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आज विहिवार पार्टी सदस्यता लिए संगै यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नम्वर १ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पुराना दलप्रति असन्तुष्टि, नयाँ नेतृत्वको खोजी
यादवले रौतहटमा विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा पुराना दलहरूले जनतालाई धोका दिएको आरोप लगाए । “वर्षौंसम्म सत्ता र राजनीतिमा रहँदा पनि जनअपेक्षा पूरा गर्न नसकेका पुराना दलहरूले आश्वासन मात्र बाँडे । भ्रष्टाचार र पहुँचका आधारमा राजनीति हावी भएको हुँदा जनतामा निराशा छाएको उनले भने” ।
रास्वपालाई इमानदार र नयाँ सोचको विकल्प रुपमा ठानेका यादवले पार्टीबाट उम्मेदवारी दिएर पुराना दलको एकाधिकार तोड्ने र जनमुखी राजनीति स्थापना गर्ने प्रतिबद्धता जनाए । युवा, किसान, मजदुर र सर्वसाधारणको आवाज संसद सम्म पुर्याउने उनले मुख्य उद्देश्यका साथ राजनीतिमा होमिएको बताए ।
चुनावी माहोल रोचक बन्दै
रौतहट क्षेत्र नम्वर १ मा पुराना दलहरूप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक शक्तिप्रति जनआकर्षण बढिरहेका बेला यादवको प्रवेश र उम्मेदवारीलाई अर्थपूर्ण मानिएको छ । स्थानीय स्तरमा उनको सक्रियता र स्पष्ट बोलीका कारण चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ ।
क्षेत्र नम्वर १ बाट यसअघि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएको क्षेत्र रहेको छ ।
रास्वपाको तयारीः पार्टीले मधेसमा युवा र वैकल्पिक उम्मेदवारहरूलाई प्राथमिकता दिँदै आएको बुझिाएको छ । युवा नेता यादवको प्रवेशले रौतहटको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।