नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिंगमा सर्लाहीमा व्यापक तस्करी जारी

0 Shares
सर्लाही संवाददाता
सर्लाही, १९ पुस । सर्लाहीको भारत संग जोडिएका सीमानाकाहरुबाट प्रहरीका घुमुवा भाग्यनारायण साह र सशस्त्र घुमुवा सुरेश महतोको सेटिंगमा यतिखेर व्यापक मात्रामा तस्करी जारी रहेका छन् ।
भारतसँग जोडिएका सर्लाहीका दर्जनौं सीमा नाकाहरूबाट कपडा, खाद्यान्न, स्पेयर पार्टस, लगायत विभिन्न सामानहरु राजस्व छलेर तस्करीको माध्यमबाट भित्रयाउने क्रम जारी रहेका हुन् ।
यस्तो अबैध सेटिंगमा घुमुवा साह सहित नेपाल प्रहरीका विभिन्न युनिटका इन्चार्जहरू संग स्थानीय व्यापारीहरूको अपवित्र साँठगाँठ रहेको गम्भीर आरोप रहेको हुँदा तस्करी कार्य नियन्त्रण हुन सकेका छैनन् ।
स्रोतका अनुसार नारायणपुर, पर्सा, सग्राम्पुर, त्रिभुवननगर, भाँडसर, मधुवनी, अर्नाहा, बारा उधोरण सहित करिव एक दर्जन भन्दा बढि नाकाहरुबाट तस्करी कार्य जारी रहेको बताइएको छ ।
घुमुवाको निर्देशन एवं साँठगाठको कारण यस्ता कारोवार गर्ने व्यापारीहरू ’सेटिंग’ मिलाएर महिनावारी रूपमा रकम दिएर तस्करीलाई सहजीकरण गर्दै आएका छन् ।
यो सेटिंग तल्लो तहदेखि माथिल्लो तहसम्म फैलिएको र भागबन्डा हुने गरेको दाबी गरिएको छ । सखुवा नाकामा अजय दास, विजय, पुकार, अजय सहनी, पारस यादव जस्ता व्यापारीहरूको संलग्नता रहेको आरोप छ । यसैगरी त्रिभुवननगर नाकाबाट सुरेश यादव, अशोक यादव, अनिता, सुनिल र पर्साका सन्तोष भण्डारी लगायतले किराना, कपडा र खाद्यान्नको तस्करी गर्दै आएको बताइएको छ ।
खुला सीमाका कारण यस्ता गतिविधि सहज बनेको र दैनिक करोडौं राजस्व छली भइरहेको अनुमान गरिएको छ ।
सामान्य अवस्था र चुनौतीहरू
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी पुरानो समस्या हो । सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि सीमा अधिकारीहरूको संलग्नतामा तस्करी बढेको आरोप लाग्दै आएको छ । सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरूमा यस्ता घटना बारम्बार भईरहेका हुन्छन्, नेपाल प्रहरीका घुमुवा साह र सशस्त्र प्रहरीका घुमुवा सुरेश महतो (सप्रनी) का तस्करीको जालो भत्काउन सकिएका छैनन् । यीनीहरु नै जिल्ला देखि लिएर माथि सम्म भाग वण्डा पुर्याएर राजस्व छलीका कार्यलाई निर्वाद रुपमा जारी राख्न मद्दत पुर्याएका छन् ।
सीमा क्षेत्रको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणका एसपी देबबहादुर चन्द र नेपाल प्रहरीका एसपी योगेन्द्रकुमार खड्का समेत कमाउ धन्धामा लागेका कारण नियन्त्रणको कुरा त परै जाओस न्युनिकरण गर्न सक्ने समेत यथोचित रुपमा पहल नगरिदा दैनिक करोडौं राजस्व चुहावट भईरहेको श्रोतले बतायो ।
स्मरणीय रहोस, सुनसरीको कोशी गाउँपालिकामा दुई दिन अघि तस्करीको माध्यमबाट सामानहरु ल्याउने क्रममा रातिको समयमा डिउटीमा रहेका सशस्त्र प्रहरीलाई ५ सय रुपैया नदिदा गोली हानीएको घटनाबाट राज्यले केही सिक्ने हो कि ? भने प्रश्न उब्जीएका छन् ।
नारायणपुर प्रहरी चौकीका इन्चार्ज सुबोधकुमार साहको निर्देशनमा भईरहेका तस्करी दृष्य

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।