पहिलो प्रदेश सभापतिमा रौतहट धरतीपुत्र कृष्णप्रसाद यादव विजयी

   ९ पुष २०७८, शुक्रबार १६:१०  

तराई टप संवाददाता
जनकपुरधाम, ९ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका प्रदेश २ को सभापति पदमा संस्थापन पक्षका उम्मेदवार कृष्णप्रसाद यादव विजयी भएका छन् ।
रौतहट जिल्ला निवासी रहेका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापति पदमा निर्वाचित भएका हुन् ।
शुक्रवार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार यादवले ९९६ मत पाएको र उनका प्रतिद्धन्दी रामसरोज यादवले ८५५ मत पाए । पहिलो प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् ।
अर्का प्रत्यासी रामसरोज भने काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री पदमा आसिन रहेका व्यक्ति हो । १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेका थिए जसमध्ये ३० मत बदर भएको थियो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै