वन हेरालुको टाउको काटेर विभत्स हत्या गरेको आरोपमा एक पक्राउ, टाउकोको खोजी कार्य जारी

0 Shares
सर्लाही, २० पुस । सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा वन हेरालुको टाउको काटेर विभत्स हत्या गरेको आरोपमा एक जनालाई सर्लाही प्रहरले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका छन् ।
सुरक्षा कारण एवं अनुसन्धानमा प्रतिकुल प्रभाव पर्न सक्ने भएको हुँदा नियन्त्रणमा लिएको व्यक्तिलाई सार्वजनिक नगरी अनुसन्धान कार्यलाई तिव्र बनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, इश्वरपुर नगरपालिका–२ राईटरखोर स्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत स्थानीय ४७ बर्षीय रामइश्वर महतोको विभत्स रुपमा टाउको काटेर हत्या गरिएको शव फेला परेका थिए ।
महतोको शरिर भएपनि टाउको थिएन । उक्त घटना पश्चात जिल्ला प्रहरी कार्यालय मलंगवा सहित विभिन्न युनिटबाट विशेषज्ञहरुको टोली घटना स्थलमा पुगेर अनुसन्धान कार्य गरेका थिए । ततपश्तात मुख्य अभियुक्तलाई खोजतलास गर्न तालिम प्राप्त कुकुरको मद्दत समेत लिएको प्रहरीले जनाए ।
हिजो विहान रुख काटिरहेको आवाज सुनेपछि वन हेरालु महतो त्यस तर्फ गएको तर दिउसो सम्म घर नफर्किदा उनको खोजतलास गर्दै जाँदा सागरनाथ वन विकास परियोजनाको झाडीमा टाउको विनाको शव फेला परेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता सरोज राईले आज विहानै देखि हेरालु महतोको टाउको खोज्ने कार्य जारी रहेको बताए ।
प्रहरी अनुसन्धान गर्दै जाँदा नशालु पदार्थ सेवन गरेका एक व्यक्तिले लगाएको कपडा रगतबाट लतपतिएको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको हुँदा चाँडै नै हत्या गर्ने व्यक्तिलाई सार्वजनिक गर्ने डिएसपी राईले भने ।
महतोको टाउको विनाको शव प्रादेशिक अस्पताद मलंगलवामा राखिएको जानकारी दिदै डिएसपी राईले दैनिक ज्यालादारीमा कार्यरत रहेका महतोको टाउको खोजीमा जनप्रतिनिधि सहितका टोली निरन्तर लागिपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।