एसएसपी यादव आफनै सरकारी निवासमा झुण्डिएको अवस्थामा फेला

तराई टप संवाददाता
काठमाडौँ, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव आफनै सरकारी निवासमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको छ ।
संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवास भित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको हो ।
यादव २०४९ सालमा प्रहरी सेवा प्रवेशमा गरेको अधिकृत हुन् । ५५ वर्षे उमेर हदको कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको ठोस कारण भने खुलेको छैन ।