महाठग सुजित साह विरुद्ध प्रहरीको अनुसन्धान सक्यो, सरकारी वकिल कार्यालयमा अभियोजन पत्र पेश

0 Shares
रौतहट, २० पुस । किर्ते हस्ताक्षर गरेर विभिन्न व्यक्तिको बैंकबाट चेक निकाल्नुको साथै खाताबाट लाखौं रुपैयाँ निकासी गरी ठगी गरेको गम्भीर आरोपमा गढीमाई नगरपालिका–२ समनपुरका सुजित साह विरुद्ध रौतहट प्रहरीले अनुसन्धान पुरा गरेर अभियोजन पत्र सरकारी वकिल कार्यालयमा पेश गरेका छन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय जाउलाखेलले मंसिर २६ गते काठमाडौंबाट पक्राउ गरी मंसिर २८ गते रौतहट प्रहरीलाई कारवाही प्रक्रिया अघि बढाउनका लागि बुझाएपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर अनुसन्धान भईरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी एवं प्रहरी निरीक्षक रुद्र कडेलले दुई पटक म्याद लिएर गहन अनुसन्धान गरियो । अनुसन्धान सकेपछि अभियोजन पत्र सहित आवश्यक कारवाहीका लागि सरकारी वकिल कार्यालय भएर जिल्ला अदालतमा जाने उनले बताए ।
ठगीको मुख्य तरिका
गढीमाई नपा–५ का दीपेन्द्र साह पनि सुजितको ठगिका शिकार बने दीपेन्द्रको नामको चेक सुजितले राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २० थान चेक किर्ते हस्ताक्षरत गरेर झिक्न सफल भए । एयरपोर्ट शाखाबाट साढे ३१ लाख रुपैयाँ निकासी गरेको बताएका छन् उनले सुजितमाथि गम्भीर आरोप लगाएको छ ।
सुजितको किर्ते कार्यमा सम्बन्धित बैंकका कर्मचारीहरु पनि संलग्न रहेको हुन सक्ने आशंका गर्दै उनीहरुलाई पनि छानविन एवं कारवाहीको दायरामा ल्याउनुपर्ने प्रहरी समक्ष दीपेन्द्रले माग गरे । सुजितले गरेको ठगि धन्धाको उक्त बैंकको सिसिटिभी फुटेजमा समेत स्पष्ट भएको हुँदा निजलाई जोगाउने प्रयास गर्ने प्रहरी पनि कारवाहीको दायरामा आउन सक्ने भएको हुँदा निष्पक्ष रुपमा अनुसन्धान गरेर दोषिलाई कारवाही गर्नुपर्ने संचारको माध्यमबाट सम्बद्ध निकाय संग जोडदार माग गरे ।
“सुजितले विभिन्न व्यक्तिको किर्ते हस्ताक्षर गरी करोडौं ठगी गरेर कालीमाटी नजिकै चारतले महल खडा गरेका छन्,“दीपेन्द्रले तराई टप संग भने । उनले सुजितमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
अर्का पीडितको आरोप
पीडित पक्षका अनुसार सुजितले आफन्त तथा चिनजानका व्यक्तिहरूको किर्ते हस्ताक्षर प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंक टेकु शाखाबाट १० थान चेकबुक निकाल्न सफल भए ।
गरुडा नगरपालिका–४ का सुमित साहका बुवा चन्देश्वर साहसँग उनको काका गोविन्द साहले ७५ लाख रुपैयाँ नगद भाउचर मार्फत लेनदेन गरेका थिए ।
तर सुजितले सोही रकम हडप्ने नियतले सुमितको किर्ते हस्ताक्षर गरी चेकबुक निकाले र कलंकी शाखाबाट ५० लाख रुपैयाँ निकासी गर्ने प्रयास गरेका थिए । खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो । तेस्रो पटक प्रयास गर्दा बैंकले सुमितलाई एसएमएस पठाएपछि ठगीको पर्दाफास भएको पिडीतले बताए ।
यसबाहेक सुजितले चेक बाउन्सको उजुरीसमेत प्रहरी परिसर भद्रकालीमा दर्ता गराएका थिए ।
सामाजिक प्रतिक्रियाः
गरुडा व्यापार संघका पूर्वअध्यक्ष रामभरोस यादवले भने, “यस्ता महाठगलाई प्रहरीले गहन अनुसन्धान गरी हदैसम्मको कारबाही नगरे दर्जनौं व्यक्तिको मेहनतको कमाइ गुम्नेछ । यस्ता अपराधीलाई कडा सजाय दिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।