सिमानाका खोलाउनु माग राख्दै गौर भन्सारमा धर्ना प्रदर्शन

   २८ कार्तिक २०७७, शुक्रबार १६:१६  

रौतहट, २८ कार्तिक । विश्व व्यापी कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ विगत ८ महिना देखि बन्द रहेको सिमानाका खोलाउन विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि, नागरिक समाजको अगुवा लगायतका बौधिक वर्गहरु शुक्रवार देखि धर्ना प्रदर्शन सुरु गरेका छन् ।
रौतहटको मुख्य नाका गौर भन्सार भएर विगतमा झै निर्वाध रुपमा आवागमनलाई सहज बनाउन सिमा नाका सूचारु गर्नु पर्ने माँग राख्दै प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता सहित नागरिक समाजको अध्यक्ष जगन्नथ प्रसाद केसरी लगायतका बौधिक बर्गद्धारा नाकामा धर्ना प्रदर्शन सुरु गरेका हुन् ।
सहज रुपमा आवागमन गर्ने नेपाली नागरिकहरुलाई असहज भईरहेको अवस्थामा सिमा बन्द हुदा तिहार र छठका बेला आवश्यक पर्ने सामग्री खरिद गर्न दुवै देशका स्थानियलाइ मर्का परेको छ । चाडपर्वका बेला किनमेलका लागि भारतीय बजारमा निर्भर रहेका नेपाली र भारतीय उपभोक्ताहरु आफनो गन्तव्य सम्म जान नपाएको भन्दै आक्रोशित स्थानियले गौर भन्सार क्षेत्रमा पटक पटक विरोध प्रर्दशन गर्दै आएका छन् । बजार, कलकारखाना, विद्यालय र यातायात सबै क्षेत्र संचालनमा आईसक्दा पनि सिमानाका अझै बन्द रहेको प्रति स्थानियमा आक्रोश रहेको छ ।
कोरोनाकै बहानामा लामो समय सम्म सिमाना बन्द गर्न नहुने स्थानियको माँग रहेको छ । नागरिक समाजको नेतृत्वमा भएको धर्ना कार्यक्रमममा अध्यक्ष जगरनाथ केशरी, गौर १ का वडा अध्यक्ष भरत साह, २ का वडा अध्यक्ष राकेश झा, जसपाका नेता रेवन्त झा, अनिल सिंह, नेपाली काग्रेंसका युवा नेता एवं नगर समितिका अध्यक्ष मोहनकुमार यादव, सज्जन साह, जेष्ठ नागरिक सँघका अध्यक्ष विजय किशोर झा लगायतका व्यक्तिहको उपस्थितिमा धर्ना प्रदर्शन गरिएको छ ।
“नाका खुलाउन सरकारले चासो दिएको छैन । सिमावर्ति क्षेत्रका स्थानियको कठिनाई सरकारले बुझ्न चाहेकै छैनन् ।” जसपाका केन्द्रीय सदस्य रेबन्त झा भने “नाका बन्द हुदा दुवै देशको नागरिकको जीवन प्रभावित भएको छ । सिमा क्षेत्रको व्यापार, आर्थिक क्रियाकलाप समेत ठप्प भएको छ ।” सरकारले दुई देशका स्थानियको सम्बन्ध समेत बिर्गान खोजेको झाले आरोप लगाए ।
नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले सरकार चाडपर्वको बेला निषेधाज्ञा जारी गर्ने र सिमानाका बन्द राख्ने निर्णय गरेर अन्याय गरेको बताए । “तराई मधेशको महान पर्वको रुपमा छठ मनाइन्छ तर यस्तो पर्वको बेला निषेधाज्ञा जारी गरेको छ ।” अध्यक्ष केशरीले भने “जब सम्म सिमानाका पहिलेकै अवस्थामा खोलिदैन हामी आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिए ।”
बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन । खासगरी चाडबाडका बेला किनमेलका लागि दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुन्थ्यो । पहिले जस्तै सामान्य रुपमा मुख्य नाका सुचारु गर्न राजनितिक दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए पनि हालसमम सिमा नाका सुचारु नहुनुमा मधेशी जनता संग संघिय राज्य सत्ताधारीहरु बेइमानी गरिरहेको गम्भीर आरोप प्रदेश साँसद बाबुलाल साहले लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै