बैशाख १४ र बैशाख २२ गते दोश्रो चरण चरण गरी स्थानीय तहको निर्वाचन गर्न सकिने प्रस्ताव पेश गरे निर्वाचन आयोग

553 Shares

तराई टप
काठमाडौँ, ९ पुस । निर्वाचन आयोगले आउदो वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव नेपाल सरकार समक्ष गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहित मन्त्रीहरु सँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको बैखाख २२ गते निर्वाचन गर्न सकिने प्रस्ताव राखेको हो
स्थानीय तहका पदाधिकारीहरुको पदावधी जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधी सकिनु २ महिना अघि निर्वाचन गरिसक्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री देउवा समक्ष सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिनमा निर्वाचन गराउन सम्भव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने जानकारी गराएको आयोगद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिना भित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालन सम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।
निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । आजकै दिनलाई आधार मान्ने हो भने प्रस्तावित निर्वाचनको मिति आउन १ सय २४ दिन बाँकी रहेको जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार