हिन्दु पत्रकार संघ नेपालको सर्लाही जिल्ला शाखा गठन

0 Shares
सुवाश मंडल
सर्लाही, २२ पुस । हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन भएको छ ।
हिजो सोमबार सर्लाहीको सदरमुकाम मलंगवा स्थित कुशुम होटलको सभा हलमा आयोजित हिन्दु पत्रकार सर्लाहीको गठन संगै घोषणा गरिएको हो ।
हिन्दु पत्रकारहरूको छुट्टै संगठनका रूपमा पर्साको वीरगंजमा स्थापना भएको हिन्दु पत्रकार संघ नेपालको पहिलो शाखा सर्लाहीमा गठन हुन् सफल भएको बताइएको छ ।
मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । कार्यसमितिमा उपाध्यक्षमा प्रेमनाथ पौडेल र जितेन्द्र कुशवाहा, सचिवमा सन्तोष कर्ण, सह–सचिवमा संजय गुप्ता तथा कोषाध्यक्षमा सन्तोष कुमार यादवलाई चयन गरिएको हो ।
यसैगरी सदस्यहरूमा सुवाश कुमार मंडल, जितेश कुमार यादव, विवेक यादव, मनिषा कुशवाहा, चन्दन मिश्र, सुनिल राय, अमृता मुखिया र राम झा रहेका छन् ।
हिन्दु पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्ष राजन रौनियारले हिन्दु धर्म, संस्कृति र सनातन प्रतिको मूल्य–मान्यता तथा संरक्षण एवं प्रवद्र्धन गर्दै पत्रकारिता मार्फत हिन्दु समुदायको आवाजलाई सशक्त बनाउने लक्ष्यका साथ यो संगठनको स्थापना गरिएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, केन्द्रिय सचिव राजकुमार सर्राफ, केन्द्रीय सल्लाहकार एस.के. चौरसिया, केन्द्रीय सदस्य कन्हैया पटेल, संजय प्रसाद कुशवाहा, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य बन्दना झा, हिन्दु सम्राट सेनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादव, राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह, एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्र तथा  विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।