download zoom.us app zoom download pc portugues gratis zoom download program lil wayne zoom download zoominfo login page - zoominfo login page dowload app zoom join zoom meeting online meeting id - join zoom meeting online meeting id

बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी दुई दिने तालिम सुरु

   १० पुष २०७८, शनिबार १४:१४  


रौतहट, १० पुस । बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी तालिम गौरमा सुरु भएको छ ।
संचारिकाद्धारा गौरको सिया प्यालेशमा “बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका” विषयक पत्रकारहरुको लागि दुई दिवशिय तालिम शनिवार देखि सुरु भएको हो ।
संचारिकाको अध्यक्ष नितु पंडितले हाम्रो मुलुकमा अशिक्षा, गरिवी, दाइजो प्रथाको कारण केही व्यक्तिहरुको कारण बालविवाहको घटना यदाकदा सुन्न पाइन्छ । उमेर नपुगेको अवस्थामा बालविवाह गर्दा महिला माथि पर्ने नकारात्मक असरहरु पर्ने गर्दा, उसको मानसिक, शारिरीक, बौद्धिक विकासमा नकारात्मक असर पर्ने हुँदा वालविवाह गर्नबाट अभिभावकहरु सचेत हुनुपर्छ । अध्यक्ष पंडितले बालबाविवाहबाट समाजिक कुरिती एवं पुरानो रुढीवादी मान्यतालाई प्रौत्साहित गर्ने भएको हुँदा बालविवाह विरुद्ध संचारकर्मीहरु सचेत भएर आवाज उठाई समाजबाट यस्ता कुरितीहरुलाई निर्मुलीकरणमा जोड दिन आग्रह गरिन ।


नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले बालविवाह कानुनी अपराध हो, एकदमै निन्दनिय कार्य भएको हुँदा प्रत्येक अभिभावक आ आफना बालबालिकाहरुलाई बालविवाह गर्नबाट जोगिनुपर्ने बताए । संचार क्षेत्रमा कार्यरत रहेका संचारकर्मीहरु बालविवाहलाई न्यूनीकरण गर्नमा खेल्नुपर्ने सकारात्मक भूमिका निर्वाह गर्दा समाजमा अशिक्षाको कारण व्याप्त रहेका यस्ता कुरितीहरुलाई कलमको माध्यमबाट समाजलाई जागरुक गराउनु पर्ने धारणा राखे ।



अधिवक्ता लक्ष्मी पोखरेलले बालविवाह गर्दाको कानुनी जटिलता माथि प्रकाश पार्दै नेपाल सरकारले निर्धारण गरेको उमेरको मापदण्ड भन्दा कम उमेरमा विहेवारी गर्दा त्यसलाई बालविवाह भन्ने गर्दछ, त्यसबाट उत्पन्न हुने कानुनी जटिलताबाट कुनैपनि मानिस उम्किन नसकिने र कानुनी परिवन्धमा पर्नेछ उनले भने । बालविवाह हुने सम्भावित समुदायमा विहेवारी २० बर्ष पारी जस्ता अभियानलाई जनचेना जगाउनुपर्नेमा उनले जोड दिइन् ।
बालविवाह न्यूनीकरणमा पात्रकारको भुमिका सम्बन्धी दुई दिवशिय तालिममा गौर, गरुडा, कटहरिया, चन्द्रपुर, दुर्गा भगवती गरी २२ जना पत्रकारहरुको सहभागिता रहेको संचारिका समुहको महिला नेतृ एवं संचारकर्मी सिमा शर्माले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै