ओम प्रकाश यादव
रौतहट, २४ पुस । रौतहटको गरुडामा रहेका ईलाका प्रहरी कार्यालयका डिएसपी शंकर प्रसाद आचार्यको कार्यशैली माथि गम्भीर प्रश्न चिन्ह् खडा भई ठूलो विवाद उत्पन्न भएको छ ।
न्याय दिनुपर्ने जिम्मेवारी बोकेका डिएसपी आचार्य माथि उल्टै पीडितहरूमाथि दबाब दिने, मुद्दा कमजोर पार्ने र अतिरिक्त पीडा दिने गम्भीर आरोप लागेको छ, जसले गर्दा स्थानीय बासिन्दाहरूमा व्यापक आक्रोश सिर्जना उत्पन्न भएको हो ।
पीडितहरूको भनाइ अनुसारः
मुद्दा दर्ता र अनुसन्धानमा निष्पक्षता हुनुपर्नेमा डिएसपी आचार्यको प्रत्यक्ष संलग्नतामा बयान बदलाउने प्रयास, दबाब सिर्जना गर्ने र मुद्दालाई योजनाबद्ध रूपमा कमजोर बनाउने काम भइरहेको आरोप पीडित पक्षले लगाएको छ ।
कानुनी प्रक्रिया सहज बनाउनुको सट्टा अनावश्यक झन्झट, बारम्बार कार्यालय धाउन बाध्य पार्ने र मानसिक तनाव दिने गतिविधि जारी रहेको हो ।
न्याय खोज्न प्रहरीमा पुग्ने नागरिकहरूलाई सहयोगको सट्टा डर, धम्की र प्रभावको वातावरण बनाइँदा उनीहरू थप पीडित बनेका छन् । केहीले आर्थिक चलखेल, बाह्य दबाब र स्वार्थी समूहको प्रभावका कारण निष्पक्षता भंग भएको आशंका उब्जीदै गएको उनीहरुले आक्रोश व्यक्त गरे ।
यसले प्रहरीप्रतिको जनविश्वासलाई गम्भीर रूपमा कमजोर बनाएको स्थानीयहरूको ठम्याइ छ । यदि यस्ता प्रवृत्ति समयमै रोक्ने हो भने कानुनको शासन र सामाजिक स्थिरतामा नै ठूलो असर पर्न सक्ने चेतावनी दिए ।
नागरिक समाज, पीडितहरू र सरोकारवालाहरूको एकजुट मागः
इलाका प्रहरी कार्यालय गरुडामा दर्ता सबै मुद्दाहरूको उच्चस्तरीय तथा पूर्ण निष्पक्ष छानबिन गरिएको छ । आरोपहरूको वास्तविकता सार्वजनिक गर । दोषी ठहरिएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही । प्रहरी प्रशासनलाई कुनै दबाब, प्रभाव वा निजी स्वार्थबाट मुक्त राखी पीडितहरूको पक्षमा दृढतापूर्वक उभ्याउनु पर्ने हो ।
उनीहरूले पद र शक्तिको दुरुपयोग गरेर पीडितलाई थप पीडा दिने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । निष्पक्षता र मानवीय संवेदनशीलता गुमेमा ठूलो सामाजिक असन्तोष निम्तिने खतरा औंल्याइएको छ । यस घटनाले नेपाल प्रहरीको विश्वसनीयता माथि नै प्रश्न उठाइदिएको छ ।