संस्थापन पक्ष सामु गगन र विश्वप्रकाशको शक्ति प्रदर्शन, सहभागीहरु धमाधम नाम दर्ता गराउदै

0 Shares
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन आईतवार देखि संघिय राजधानी काठमाडौंंको भृकुटीमण्डपमा भव्य रुपमा सुरु भएको छ ।
विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा आयोजना गरिएको हो ।
संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) ले यसलाई विधान विपरीत भन्दै असहमति जनाएको छ र नियमित १५ औं महाधिवेशन बैशाख २८–३१ गते तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको दाबी गरेका छन् ।
जुलुस र शक्ति प्रदर्शन
आज बिहान साढे ११ बजेदेखि राजधानीको विभिन्न स्थानबाट जुलुस निस्कने क्रम सुरु भएको छ । जुलुसलाई महाधिवेशनको उदघाटन अघिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ । काठमाडौं उपत्यकाका ६ मुख्य स्थानबाट जुलुस निकालिएका छन्, जसमा विभिन्न जिल्ला र क्षेत्रका कार्यकर्ता सहभागी छनः
शंकरदेव क्याम्पसबाटः भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक सहित जिल्लाका प्रतिनिधिहरु ।
रत्नपार्कबाटः नुवाकोट, रसुवा, धादिङ र काठमाडौं सहित उत्तरी क्षेत्रका कार्यकर्ताहरु सहभागी रहेको छ ।
कुपण्डोलबाटः ललितपुर, मकवानपुर लगायतका जिल्लाबाट नेता एवं कार्यकर्ताहरु जुलुसमा सहभागी रहेको छ ।
अन्य स्थानहरूः सुन्धारा, कमलपोखरी सहितका क्षेत्रबाट (चितवन, अर्घाखाँची, सुदूरपश्चिमका जिल्ला समावेश रहेको बताइएको छ) ।
उक्त सबै जुलुसहरू भृकुटीमण्डप पुगेर एकीकृत हुनेछन् । आजको दृश्यले पार्टीभित्रको उत्साह र आन्तरिक एकताको सन्देश दिन खोजेको देखिन्छ ।
भृकुटीमण्डपमा हालको अवस्था
प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै जारी छ । प्रतिनिधिहरुले १ हजार रुपैयाँ शुल्क तिरेर नाम दर्ता गराइरहेका छन्, जसमा झोला र खानाको कुपन पनि दिइन्छ । उदघाटन सत्र आज दिउँसो १ बजे भव्य समारोहका साथ सुरु हुने तयारी गरिएको छ ।
मञ्चमा ५० जना अतिथिका लागि कुर्सी र खुला चौरमा ६ हजारभन्दा बढी कुर्सीहरू राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।