राजपुर नगरपालिकाको प्रिपाभगवानपुर गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न, ३२० नागरिकहरुले लिए सेवा

0 Shares
रौतहट, २९ पुस । रौतहटको राजपुर नगरपालिकाको प्रिपाभगवानपुर गाउँमा निःशुल्क आँखा उपचार तथा परामर्श शिविरमा ३२० जना नागरिकहरु सेवा लिएका छन् ।
रुइत फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालको आयोजना एवं प्रदेशिक अस्पताल गौरका अध्यक्ष तथा समाजसेवी अवधेश प्रसाद यादवको विशेष पहलमा राजपुर नगरपालिका–१ प्रिपाभगवानपुर स्थित मौलबी प्राथमिक विद्यालयमा मंगलवार एक दिने निःशुल्क आँखा उपचार तथा परामर्श शिविर आयोजना हुँदा ठूलो संख्यामा नागरिकहरुले सेवा लिएका हुन् ।
गौर आँखा अस्पतालले उपलब्ध गराएको तथ्याँक अनुसार शिविरमा १९६ महिला र १२४ जना पुरुष गरेर ३२० जनाले सेवा लिएको छ । शिविरमा आँखा परीक्षण, परामर्श, औषधि तथा चस्मा निःशुल्क वितरण गरियो । कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले १२८ जनालाई चस्मा र १७९ जनालाई औषधि प्रदान गरिएको छ । मोतिबिन्दु भएका ६८ जनालाई शल्यक्रियाको लागि गौर आँखा अस्पतालमा रिफर गरिएको बताए ।
शिविरमा गौर आँखा अस्पतालका नेत्र अधिकृत विनिता केशरी सहित ११ सदस्यीय प्राविधिक टोलीले सेवा दिए । शिविरमा छनोट भएका मोतिबिन्दु भएका बिरामीहरूको गौर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम संयोजक पाण्डेले भने ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष एवं समाजसेवी यादवले यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आँखा स्वास्थ्य प्रति जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।