zoom applicazione download join a zoom meeting online - join a zoom meeting online zoom app for windows 10 32 bit zoom meeting join online meeting zoom download gratis pc is zoom download safe fake zoom meeting app

एमसीसी सदनबाट पास हुन नदिन चिनियाँ राजदूतको यान्छी लविङमा व्यस्त

   ११ पुष २०७८, आईतवार १०:५२  

काठमाडौं, ११ पुस । चिनियाँ अधिकारीहरुले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पास नगराउन कार्यमा चर्को लविङ गर्न थालेका छन् ।
नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्नमा व्यस्त रहेकी नेपालको लागि चिनियाँ राजदूतले विभिन्न पार्टी प्रमुखहरुलाई फोन गरेर वा भेट गरेर एमसिसि पास गर्न नदिन चर्को लविङ गर्नमा यतिखेर व्यस्त रहेकी हुन् ।
चिनियाँ राजदूत र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले टेलिफोन मार्फत र भेटघाट गरी लविङ गर्न थालेको स्रोतले जनाएको छ । यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता बाबुराम भट्टराईलाई भेटेर एमसीसी संसदमा पेश नगर्न दबाब दिएका थिए । त्यसैगरी नेपाली कांग्रेसका नेताहरुलाई पनि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भेटेर त्यसबारे अवगत गराएका थिए ।
अहिले उनीहरुले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग भेटघाट गर्ने, टेलिफोन सम्पर्क गर्ने र भिडियो कल गरी एमसीसी पास नगर्न दबाब दिएको श्रोतबाट थाहा भएको छ । गत सोमबार मात्रै एमाले अध्यक्ष केपी ओली र चिनियाँ राजदूत हाउ यान्छी बीच भेटघाट भएको थियो । गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदमा टेबुल गर्ने चर्चा गरिरहेका बेला राजदूत यान्छीले डेढ घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै सरकार अविछिन्न उत्तराधिकारी हुने भएकाले अघिल्लो सरकारको काम कारवाहीलाई निरन्तरता दिन आफ्नो दायित्व बताउँदै आएका थिए । ओलीको सो भनाई र यो सन्दर्भ अहिलेको अवस्थामा लागु नहुने भएपनि एमसीसी बारे एमालेले कुनै पनि निर्णय गरेको छैन । एमाले भित्र एमसीसीबारे दुई धार रहेको बेला माओवादी भित्र पनि पास गर्न हुने र नहुने गरी दुई धार निर्माण भैसकेको छ ।
यस्तो बेलामा राजदूत यान्छीले ओली सँग डेढ घण्टा कुराकानी गर्नुले एमसीसीलाई पछि धकेल्ने उदेश्य रहेको अनुमान गरिएको छ । त्यसअघि एमाले महासचिव शंकर पोखरेल सँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताले कुराकानी गरेका थिए ।
महासचिवसँग गरिएको भिडियो संवादमा एमसीसीलाई पछि धकेल्न आग्रह गरेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीबीच भेटघाट भएको बताएका छन् । ‘अध्यक्ष कमरेडसँग राजदूत यान्छीले भेटघाट गरेकी छिन्, सम सामयिक विषयमा कुराकानी भएको छ’, उनले भने । एमालेको दशौ महाधिवेशन पछि चिनियाँ राजदूतको यो पहिलो भेटघाट हो ।
सरकारमा रहँदा ओलीसँग राजदूत यान्छीले धेरै पटक भेटघाट गर्ने इच्छा व्यक्त गरेकी थिइन तर नेकपा विभाजन, एमाले विभाजन जस्ता घट्ना क्रमले गर्दा ओलीले राजदूत यान्छीसँग भेटघाट गर्न राजी भएका थिएनन । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने एक कार्यक्रममा मात्रै ओली र राजदूत यान्छीको भेटघाट भएको थियो । त्यस बेला देखि ओली र चिनियाँ अधिकारीहरु बीच एक प्रकारको मनमुटाव रहेको थियो । तर अहिले सम्बन्ध सुधार गर्ने क्रम बढेको छ ।
अहिले भने बधाई दिन आएकी यान्छीले एमसीसीबारे चासो राखेकी थिइन । उनले चीन सरकारको सन्देश भन्दै तत्काल एमसीसी बारे पुर्नविचार गर्न आग्रह गरेकी थिइन । सत्ता गठबन्धनमै सहमति नभएपछि एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिले सम्म परेको छैन । प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी संसदमा पेश भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ ।
एमालेका उपाध्यक्ष भीम रावल एमसीसी अनुमोदनका पक्षमा छैनन भने, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी पास गर्नुपर्ने विषयमा धारणा राखेका छन् । उता एमाले सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन् । उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले एमाले महासचिव पोखरेलसँग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए । उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिने क्रममा दुई पार्टी बीच अन्तर सम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
ओली प्रधानमन्त्री भएका बेला तत्कालिन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा पेस गर्नबाट रोकेका थिए । सभामुख महराले नै संसदमा एमसीसी पेस गर्न असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए । हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनमा एमसीसी पेस गर्न नसकिने बताउँदै आएका छन् । पाँचदलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै