रास्वपामा बालेनको प्रवेशसँगै राजीनामाको चासो, आजै निर्णय लिने कि नलिने अन्यौलमा

0 Shares
रौतहट, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेसँगै आजै पदबाट राजीनामा दिने वा नदिने विषयमा अन्योलमा रहेका  छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन स्थानीय तह पदबाट तत्काल राजीनामा दिनुपर्ने कानुनी बाध्यता नरहे पनि उनी आजै निर्णय लिने कि नलिने अन्यौलमा रहदा उक्त विषयमा आन्तरिक छलफलमा बालेन जुटेका हुन् ।
बालेनको सचिवालय स्रोतका अनुसार संघीय सांसदको उम्मेदवारी दिन आजै राजीनामा दिन नपर्ने कानुनी व्यवस्था रहेकाले उनी विभिन्न पक्षसँग परामर्श गरिरहेका छन् । ‘उम्मेदवार निर्वाचित भएमा मात्रै पद रिक्त हुने अवस्था रहेकाले मेयर शाह छलफलमै हुनुहुन्छ,’ स्रोतबाट बुझिएको छ ।
यसैबीच, मेयर शाह आइतबार रास्वपाको केन्द्रीय कार्यालय ‘घन्टीघर’ पुग्दैछन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार उनलाई दिउँसो २ बजे औपचारिक रूपमा स्वागत गर्ने तयारी गरिएको छ । यद्यपि, उनी पार्टीको वरिष्ठ नेता चयन भइसके पनि हालसम्म शपथ भने लिएका छैनन् ।
पार्टी सभापति रवि लामिछाने र मेयर शाह आज साँझ ५ बजे बुद्ध एयरको जहाजमार्फत जनकपुर जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिए । रास्वपाले सोमबार जनकपुरमा आयोजना गर्ने कार्यक्रममा सभापति लामिछाने र मेयर शाह प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
रास्वपामा बालेन शाहको प्रवेशलाई आगामी संघीय राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ भने उनको राजीनामा सम्बन्धी निर्णयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।