0
Shares
रौतहट, ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले मनोनयन पत्र दर्ता गराएका छन् ।
आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बन्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा भौतिक शरिर उपस्थित भएर मनोनयन पत्र दर्ता गारएका हुन् ।
नेपाल यस अघि पनि रौतहट १ बाट नै प्रतिनिधि सभा सदस्य बनेका थिए तर पुनः यहि क्षेत्रबाट आफनो भाग्य आजमाइस गर्न मनोनयन पत्र दर्ता गराएको छ ।
नेता नेपाल रौतहटको धर्ती पुत्रको रुपमा समेत परिचित रहेको र उहाँ राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिमा दखल राख्ने भएको हुँदा आफूले गरेको योग्दानलाई सम्झेर मतदान गर्न समेत अपिल गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन