बाल विवाह न्यूनिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

   ११ पुष २०७८, आईतवार १६:०१  

रौतहट, ११ पुस । बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका सम्बन्धी दुई दिने तालिम गौरमा आईतवार सम्पन्न भएको छ ।
संचारिका समूह काठमाडौद्धारा गौरको सिया प्यालेशमा “बालविवाह न्यूनीकरणमा पत्रकारको भूमिका” विषयक पत्रकारहरुको लागि दुई दिवशिय तालिम शनिवार र आईतवार गरी दुई दिन चेलर आज सम्पन्न भएको हो ।


समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा आमन्त्रित गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले बाल विवाह हुनुमा प्रमुख कारक तत्व अशिक्षा रहेको बताए । शिक्षा विनाको सध्य एवं सभ्य समाजको परिकल्पना गर्न नसकिने भएको हुँदा आफू निर्वाचित भएर पद सम्हालेको केही समयमै बालविवाह विरुद्ध ठूलो सचेतना कार्यक्रममा गौरमा गरेको सम्झना गर्दै त्यस कार्यलाई अभिभाव समक्ष पुर्याउनमा संचार क्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको हुँदा संचार क्षेत्रमा लागेको संचारकर्मीहरु निर्भिकता पूर्वक यस्ता कुरिती एवं विसंगतिको विरुद्ध कलम चलाउन अपिल गरे ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विभिन्न भौगोलितक परिवेश अनुसार एवं अभिभावकमा कम चेतनाको कारण बाल विवाह हुने गरेको तथ्यलाई नकार्न नसकिने जिकिर गर्दै विहेवारी गराउने पंडित, मुल्ला वा पादरीहरुलाई राज्यले निर्धारण गरेको उमेर भन्द कमलाई विहेवारी नगर्न नहुने यदी गराएमा कानुन बमोजिम कारवाहीको भागी हुनुपर्ने जस्ता जनचेतना जगाएमा बाल विवाहलाई न्यूनिकरण गर्न सकिने बताए ।


रौतहट प्रहरी एसपी विनोद घिमिरेले कम पढेलेखेका वा निरक्षर परिवारमा बाल विवाह हुने गरेको त्यसमा पनि दलित समुदाय वा मुस्लिम समुदायमा बालविवाहको प्रथा पूर्ण रुपमा हटिनसकेको कारण वाल विवाह हुने गरेको तथ्य हाम्रो समाजमा ज्वलन्त रुपमा रहिआएको छ । स्कूल पढ्ने स्कूले बालबालिकाहरु घरबाट भागिरहेको अवस्वस्था अभिभावकहरु अपहरण, शरिर बन्धक जस्ता मुद्दा लिएर आउने गरेको छ तर फरक विषय बस्तु भएको हुँदा त्यस्ता मुद्दा दर्ता गरिए भने समाजमा झन् विकृति विसंगती बढ्ने बताए । समाज साक्षर भएमा आफै विस्तारै बाल विवाह निरुत्साहित हुने स्पष्ट पारे ।


संचारिका समूहको अध्यक्ष नितु पंडितले वाल विवाह एक समाजिक अपराध हो भने ति समुलाय सम्म यस किसिमको जनचेतना जगाउनु पर्ने देखिन्छ । प्रदेश २ को रौतहटमा शिक्षाको कमि रहेको हुँदा यहाँ साक्षरता दरलाई अघि बढाई बाल विवाह विरुद्धको अभियान संचालन स्थानीय तहहरुले गरेमा बाल विवाहको अन्त्य अवश्य हुने बताइन् ।


अधिवक्ता लक्ष्मी पोखरेलले बालविवाह गर्दाको कानुनी जटिलता माथि प्रकाश पार्दै नेपाल सरकारले निर्धारण गरेको उमेरको मापदण्ड भन्दा कम उमेरमा विहेवारी गर्दा त्यसलाई बालविवाह भन्ने गर्दछ, त्यसबाट उत्पन्न हुने कानुनी जटिलताबाट कुनैपनि मानिस उम्किन नसकिने र कानुनी परिवन्धमा पर्नेछ उनले भने ।


नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले बालविवाह न्यूनिकरण गर्न संचारक्षेत्रले खेल्नुपर्ने भुमिका खेल्न तयार रहेको स्पष्ट पार्दै त्यसता समाचार सम्प्रेशन गर्दा संचारकर्मीहरु माथि आइपर्ने जोखिमलाई कम गराउन स्थानीय प्रहरी प्रशासनको भूमिका संचार क्षेत्र माथि सकारात्मक हुनुपर्ने आवश्यक्ता महसुस गरे ।


संचारिक समुहकी कोषाध्यक्ष एवं रेडियो नेपालको समाचार वाचिका सिमा शर्माले धन्यवाद ज्ञापन गरेका थिए । बालविवाह न्यूनीकरणमा पात्रकारको भुमिका सम्बन्धी दुई दिवशिय तालिममा गौर, गरुडा, कटहरिया, चन्द्रपुर, दुर्गा भगवती गरी २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै