७३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा रौतहटमा विविध कार्यक्रमहरु गरी मनाइदै

0 Shares
रौतहट, १२ माघ । ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा रौतहट जिल्लामा विविध जनचेतनामूलक कार्यक्रम गरेर मनाइदै छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटको समन्वयमा तथा द लेप्रोसी मिसन नेपालको आयोजनामा ७३ औँ विश्व कुष्ठरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम गरेर मनाइरहेका हुन् ।
“कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” भन्ने मूल नारासाथ प्रभातफेरी, सडक नाटक तथा कुष्ठरोग सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै गौरमा ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइयो ।
स्वास्थ्य कार्यालय देखि घण्टाघर चोक हुँदै नेपाललज सम्म प्रभातफेरी कार्यक्रम गरियो । त्यसपछि स्वास्थ्य कार्यालय नजिक पुगेर कुष्ठरोगबारे सन्देशमूलक सडक नाटक प्रस्तुत गरियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, हेल्थ असिस्टेन्ट अध्ययनरत विद्यार्थीहरू, प्रहरी, पत्रकार, समाजसेवी, कृषि स्वयं सहेता समूहका पदाधिकारी तथा कुष्ठरोग प्रभावित बिरामीहरूको सहभागिता रहेको द लेप्रोसी मिसन नेपालका जिल्ला अधिकृत रोशन कुमार साहले जानकारी दिए ।
स्वास्थ्य कार्यालय गौरका कुष्ठरोग फोकल पर्सन राजकुमार साहका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १ सय ३५ जना कुष्ठरोगका बिरामीहरु औषधि सेवन गरिरहेको छ । समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने साहले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले कुष्ठरोगबारे अझै पनि समाजमा गलत धारणा र डरत्रास कायम रहेकोमा  जनचेतनाको माध्यमबाट अभिवृद्धि अत्यन्तै आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।