संविधान संशोधनदेखि प्रत्यक्ष निर्वाचित राष्ट्रपति सम्मः जसपाद्वारा निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक

0 Shares
रौतहट, १२ माघ । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
हिजो आइतबार सार्वजनिक गरिएको दस्तावेजमा पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई मूल आदर्शका रूपमा अघि सार्दै राज्य पुनर्संरचना र शासन प्रणालीमै आमूल परिवर्तनको खाका प्रस्तुत गरेको हो ।
प्रतिबद्धता पत्रमा संघीयता सुदृढीकरण गर्दै प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । दलित, महिला, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम लगायत सीमान्तकृत समुदायको राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्ने पार्टीको स्पष्ट अडान रहेको छ ।
पार्टीले संविधान संशोधन वा आवश्यक परे पुनर्लेखन मार्फत राज्यको पुनर्संरचना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्ने, भ्रष्टाचारविरुद्ध कडा कारबाही र सुशासनको प्रत्याभूति दिने एजेन्डालाई प्रतिबद्धता पत्रको केन्द्रीय बुँदा बनाएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको अनिवार्य दायित्वका रूपमा स्थापित गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्टार्टअपका लागि पूँजी उपलब्ध गराउने, कृषि आधुनिकीकरण र औद्योगिकीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ । बढ्दो महङ्गी नियन्त्रण, वातावरण संरक्षण र सामाजिक सुरक्षा विस्तारलाई समेत पार्टीले आफ्नो प्राथमिक एजेन्डामा राखेको छ ।
जनता समाजवादी पार्टी, नेपाल प्रचार–प्रसार समितिद्वारा सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमार्फत पार्टीले आफूलाई सामाजिक न्याय, समावेशिता र प्रणालीगत सुधारको बलियो पक्षधरका रूपमा प्रस्तुत गरेको छ । पार्टी नेतृत्वले आगामी निर्वाचनमा यी एजेन्डालाई जनतामाझ लिएर जाने स्पष्ट सन्देश पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।