महावाणिज्य दूतावास वीरगञ्जमा भारतको ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा आयोजनाः लोकतान्त्रिक मूल्य र नेपाल–भारत मैत्रीको सशक्त सन्देश

0 Shares
वीरगञ्ज, १२ माघ । ७७ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जमा भव्य समारोहको आयोजना गरेर गणतन्त्र दिवस मनाइएका छन् ।
कार्यक्रममा महावाणिज्यदूत डीएस मीनाले राष्ट्रिय झण्डा ‘तिरंगा’ फहराउँदै भारतीय राष्ट्रपतिले जारी गरेको सन्देशलाई वाचन गर्नु भएका थिए ।
महावाणिज्यदूत मीनाले भारतको लोकतान्त्रिक मूल्य, संविधानको ऐतिहासिक महत्व तथा राष्ट्रिय एकताको भावना बारे प्रकाश पार्दै गणतन्त्र दिवस केवल उत्सव मात्र नभई लोकतन्त्र प्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरे ।
गणतन्त्र दिवस समारोहलाई अझ भव्य एवं सभ्य बनाउन शिक्षा विद्यालय सहित १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यार्थीहरूको आकर्षक प्रस्तुतिले उपस्थित भएका पाहुनाहरुलाई मन्त्रमुग्ध बनाउँदै देशभक्ति र सांस्कृतिक एकताको सशक्त अभिव्यक्तिको चित्रण गरेका थिए ।
गणतन्त्र दिवस समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको महावाणिज्य दूतावास वीरगञ्जले जनाए ।
दूतावासका अनुसार कविहरु, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूसहित विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागितामा समारोह सम्पन्न भए ।
सोही अवसरमा दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष राष्ट्रिय गीत प्रदर्शनी पनि आयोजना गरियो । प्रदर्शनीमा विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको देखिए ।
दूतावासले यस्ता कार्यक्रमहरूको आयोजना गराएर नेपाल–भारत बीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र जनस्तर सम्मको आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
७७ औं गणतन्त्र दिवस समारोहका केही रोचक तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।