“फेरि कोही सहिद बन्नु नपरोस”, सहिद दिवसमा बालेन शाहको भाबुक बन्दै गम्भीर सन्देश

0 Shares
रौतहट, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले “फेरि कसैले सहिद बन्नु नपरोस्” भन्दै गम्भीर र चेतावनीपूर्ण सन्देश दिएका छन् ।
सहिद दिवसका दिन शुभकामना सन्देश जारी गर्दै उनले सहिदका सपना पूरा गर्ने ऐतिहासिक दायित्व सबैको काँधमा रहेको उल्लेख गरेका हुन् ।
८५ वर्षअघि जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यद्वारा क्रूरतापूर्वक हत्या गरेको स्मरण गर्दै काठमाडौ महानगरपालिकाको निवर्तमान महानगर प्रमुख शाहले समाजिक संजालमा लेखेका छन् राणा शासन त अन्त्य भयो, तर राज्य अझै जनताको बन्न नसकेको यथार्थलाई नकार्न सकिन्न ।
व्यवस्था फिरिए पनि अवस्था फेरिएन उनले भने । उनले भन्छन्, “८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन । परिणाम स्वरूप नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो र पटक–पटक सहिद बन्नुपर्यो, तर सहिदका सपना अझै पूरा हुन सकेनन् ।”
शाहले भदौमा भएको जेन–जी आन्दोलनको प्रसंग उठाउँदै, सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन गुमाउनु परेको घटनालाई समेत स्मरण गराए । उनका अनुसार यो घटना ८५ वर्षअघिको बलिदानसँगै जोडिएर आजको राज्य संरचनामाथि गम्भीर प्रश्न खडा गर्छ ।
उनले हाल आफूहरू सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै, दीर्घकाल देखि जरा गाडेको भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, आर्थिक रूपान्तरण, तथा राज्य निकायमा मौलाएको चरम दलीयकरणको अन्त्य अपरिहार्य भएको स्पष्ट पारे ।
“राज्यलाई जवाफदेही र पारदर्शी बनाउने जिम्मेवारी अब हामी सबैको हो । सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
सन्देशको अन्त्यमा उनले भनेका छनः
“यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानलाई सार्थक बनाउने संकल्प गर्ने दिनको रुपमा लिएको हो । मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय यही हो— फेरी कसैले सहिद बन्नु नपरोस् ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।