किशोरीलाई क्रिकेट सामग्री हस्तान्तरण

   ११ पुष २०७८, आईतवार १६:१६  

रौतहट, ११ पुस । टि–२० राष्ट्रिय महिला क्रिकेटमा प्रदेश २ बाट सहभागी भएका रौतहटको दुई किशोरीलाई गौर नगरपालिकाको मेयरले प्रोत्साहन स्वरुप क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका विच गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले मधु साह र मेनिका राउतलाई १÷१ वटा क्रिकेट किट हस्तान्तरण गर्दै गौर नगरमा खेलकुदको विकासमा आफूले सके सम्म सहयोगी सामग्री उपलब्ध गराई खेलकुदको क्षेत्रमा गौर सहित रौतहटको स्थान कायम गराउनमा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश २ को टिममा छनौटमा परेका दिन नै मेयर गुप्ताले उनीहरुलाई क्रिकेट सामग्री हस्तान्तर गर्ने घोषणा गरेको थिए । सोही अनुरुप आज उनीहरुलाई हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गरे ।
दुबै किशोरीलाई इलेक्ट्रोनिक प्लाजाको तर्फबाट नगद स्वरुप जनही पाँच हजार रुपैया पुरस्कार स्वरुप उलब्ध गराइएको रौतहट क्रिकेट संघका सदस्य गौतम श्रेष्ठले जानकारी दिए । उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, प्रहरी उपरिक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धानको एसपी मुकुन्द खड्का, संचारीका समूहको अध्यक्ष नितु पंडित नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै