download center zoom meeting zoom app window minimum pc requirements for zoom zoom 64 bit download windows 10 download zoom attendee list zoom download center zoom zoom installer windows 11 - zoom installer windows 11 zoom meeting join a meeting - zoom meeting join a meeting

तिमलसिना समाजका पारिवारिक बनभोज

   ११ पुष २०७८, आईतवार १६:२७  

चन्द्रपुर, (रौतहट), ११ पुस । तिमलसिना समाज रौतहटको आयोजनामा पारिवारीक बनभोज भव्यताका साथ सम्पन्न भएको छ ।
शनिवार रौतहटको शहिद स्मृती पार्कमा भएको पारिवारिक वन भोजमा जिल्ला भरीका बिभिन्न स्थानमा बसोबास गदै आएका तिमलसिनाहरुको सहभागिता रहे । बनभोज कार्यक्रममा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले वनभोज कार्यक्रमले आपसमा सदभाब बढने बताए । एक अर्कामा चिनजान तथा भाइचारा कायम राख्न महत्वपुर्ण भुमिका खेल्ने संसद तिमलसिनाले स्पष्ट पारे । तिमलसिना समाज रौतहटका अध्यक्ष कृषण तिमलसिनाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिब सहदेब तिमलसिनाले गरेका थिए ।
उक्त बनबभोजमा रौतहटको चन्द्रपुर नगरपालिका, गुजरा नगरपालिका, बृन्दावन नगरपालिका तथा फतुवा बिजयपुर नगरपालिकामा बसोबास गदै आएका सयौ परिवारहरुको सहभागिता रहेको सचिब सहदेब तिमलसिनाले जानकारी दिए ।
१५ सदस्यीय तिमलसिना समाज गठन
भेलाले तिमलसिना समाजको चन्द्रपुर नगर कमिटि गठन गरेको छ । राजकुमार तिमलसिनाको अध्यक्षमा १५ सदस्यीय नगर कमिटि गठन गरेको जिल्ला अध्यक्ष कृष्ण तिमलसिनाले जानकारी दिए ।
समितिको उपाध्यक्षमा बासुदेब तिमलसिना, सचिबमा सृजल तिमलसिना, सह सचिबमा प्रकाश तिमलसिना, कोषाध्यक्षमा इन्जला तिमलसिना रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा टिका बल्ब तिमलसिना, दिपेन्द्र तिमलसिना, कुमार तिमलसिना, रन्जु तिमलसिना, बिभा तिमलसिना, रामकृष्ण तिमलसिना, टंक प्रसाद तिमलसिना चयन भएको तिमलसिना समाजले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै