रौतहट निर्वाचन क्षेत्र नम्वर १ को चुनावी दंगलः पाँच जना चिरपरिचित अनुहार बीचको रोचक प्रतिष्पर्धा ?

0 Shares
प्रभातकुमार झा
रौतहट, २० माघ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकै जाँदा रौतहट निर्वाचन क्षेत्र १ मा चुनावी प्रतिष्पर्धा रोचक बन्दै कडा प्रतिष्पर्धा हुने देखिएका छन् ।
क्षेत्र नम्वर १ बाट चिरपरिचित अनुहार मध्ये नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व मन्त्री एवं मधेशवादी राजनीतिमा दखल राख्ने अनिलकुमार झा, विभिन्न कालखण्डमा राजनीति गर्दै एमालेको केन्द्रीय सदस्य सम्मको यात्रामा अजयकुमार गुप्ता, मधेशबादको राजनीति मुल आधार राखेर विगतमा प्रदेशका राज्य मन्त्री भईसकेका योगेन्द्र प्रसाद यादव र विगतमा दुई पटक प्रदेश सभाको निर्वाचन लडिसकेका उद्योगी व्यवसायी राजेश चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा ओर्लिदा पाँच जना बीच चुनावी प्रतिष्पर्धा रोचक बन्ने जनविश्वास गरिएका हुन् ।
भ्रष्टाचार, लुट, बेथिती, अराजकता मुलुकमा चरमसिमा बढेपछि गत भदौं २३ र २४ मा जेन–जी पुस्ताका आन्दोलन पश्चात देशमा देखिएको परिवर्तनको लहरका कारण पुराना पार्टी भन्दा नयाँ पार्टी र नयाँ अनुहारलाई यसपाली जनताहरु बढि पत्याइरहेको देखिन्छन् ।
खास गरेर बालेन्द्र साह माथि नेपाली जनताहरु आँखा चिम्लेर विश्वास देखाइरहेको अवस्थामा पुराना दललाई यसपालीको निर्वाचनमा फलामको च्यूरा चपाउनु सरह मतदाताहरु सम्झाउनमै व्यतित भइरहेको छ । खास गरेर नेकपा एमाले प्रति जनताहरुको हेर्ने दृष्टिकोर्णमा निकै भिन्नता देखिएको छ । पछिल्ला समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता महेश बस्नेतको अभिव्यक्तिबाट सिंगो मुलुकमा नै नराम्रो सन्देश गएका छन् ।
काँग्रेस, नेकपा र मधेशवादी दल प्रति जनताहरु कम आक्रमक भएपनि एमाले प्रति कडा रुख अपनाएको हुँदा फागुन २१ को निर्वाचनबाट पुराना दलहरुको अपेक्षित परिणाम नआउन पनि सक्छ ? चुनावी विश्लेशकहरुको राय रहेको छ ।
१) नेकपा का सह संयोजक माधवकुमार नेपालः एमालेका तत्कालिन महासचिव नेपाल २०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका थिए । तत् पश्चात २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा रौतहट ६ मा देवेन्द्र पटेल र काठमाडौं २ मा झक्कु सुवेदी हाइट नभएका व्यक्ति संग दुबै स्थानबाट पराजित भए पनि प्रधानमन्त्री बन्न सफल भएको थियो । २०७० र २०७९ सालमा पुनः रौतहट १ विजयी भए ।
वरिष्ठ नेता एवं प्रधानमन्त्री भईसकेका नेपाल प्रति रौतहटको जनताहरु निकै आशावादी भएर उनलाई चुनावमा जिताएपनि जनताको विश्वास माथि खरो उत्रिनु भएन । उनी सधैभरी पुरानो कार्यलाई गन्ति गराई चुनाव जित्ने फिराकमा रहने नेताको रुपमा मात्रै देखा परे । रौतहटमा बाढी समस्या समाधान भएन, राम्रो बाटोघाटो भएन, शिक्षा र स्वास्थ्यको गुणस्तरिय सेवा भएन, कृषि र वेरोजगारी चरम सिमामा बढेपछि उनी यसपाली जनताको दिल र दिमागमा समेत बास गर्न नसक्ने अवस्थामा पुगेको छ ।
नेता नेपाललाईं यहाँबाट चुनाव जित्न निकै कसरथ एवं मेहनेतको साथै मतदाताको दिल दिमागमा बस्नुपर्ने अन्यथा उनी चुनावी रेसबाट वाहिरिदै गएको राजनीतिक विश्लेशकले समिक्षा गरेका छन् ।
२) नेपाली काँग्रेसबाट अनिलकुमार झाः २०७४ सालमा जनताबाट निर्वाचित भएका झा विगतमा सामानुपातिक रुपमा प्रतिनिधि सभामा छिरेर पटक पटक मन्त्री बनिसकेको छ । उनले औलामा गन्ति गराउनुपर्ने कार्य अहिले गौर गंगापिपरा समनपुर सडक खण्डमा निर्माण भएका कालोपत्रे सडक बन्नुमा योग्यदान पुर्याउनु भएको बुझिएको छ ।
उनले गर्नुपर्ने जनप्रिय कार्यहरु गर्न र गराउने प्रयास गरिएपनि सत्ता, पावर र पहुँचका कारण जति सके त्यती गरेपनि जनताको हृदयमा उनले आफनो उत्कृष्ट छाप छोड्न सकेनन । उनी सधै मधेशवादको राजनीति गर्ने भएपनि अन्ततः नेपाली काँग्रेसको टिकटबाट चुनावी मैदानमा आउदा उनको रौनक बढेको छ । किनकी २०५१ सालको मध्यावधी निर्वाचन पश्चात अहिले सम्म यो क्षेत्रबाट नेपाली काँग्रेस जित्न सकेको छैनन् । नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरु इमान्दारीपूर्वक झालाई साथ दिएमा चुनावी प्रतिष्पर्धामा रहने र निर्वाचन रोचक बन्ने छन् ।
३) नेकपा एमाले बाट अजयकुमार गुप्ताः २०६४, २०७०, २०७९ सालमा पराजित भएपनि पुनः २०८२ मा उनी एमालेको सुर्य चिन्हबाट चुनावी प्रतिष्पर्धामा होमिएका छन् । गुप्ता शाहीकाल र २०७४ सालमा दुई पटक गौर नगरपालिकाको नगरप्रमुखको रुपमा विजयी भएर नगरवासीलाई सेवा प्रदान गरेको अनुभव रहेको छ ।
गुप्ता सुर्य चिन्हबाट निर्वाचनमा रहदा उनलाई सहानुभति मत पाउने आशा छ । पटक पटक जनताको बीचमा जाने गुप्तालाई यसपाली यहाँको मतादाताहरु विश्वास गरेर प्रतिनिधि सभामा पठाउने छ भन्ने विश्वास गुप्ताले लिएको छ ।
गुप्ताको राजनीतिक यात्राको क्रममा अहिले सम्म तीन पटक निर्वाचनमा पराजयको सामना गर्नुपरेको भएपनि यसपाली उनको पक्षमा जनलहर उनको पक्षमा हुने विश्वास गरिएको छ ।
४) जसपा नेपाल बाट योगन्द्र प्रसाद यादवः २०७४ को प्रदेश सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर १ को (ख) बाट विजयी भएका थिए । उनी तत्कालिन मुख्यमन्त्री शेख लालबाबुको नेतृत्वमा रहेका मधेश सरकारमा कृषि सहकारी राज्यमन्त्रीको भुमिका निर्वाह गरेर आफनो क्षेत्रमा विकासको कार्यहरु गरेका छन् ।
२०७९ सालमा प्रदेश सभामा पराजित भएका यादवलाई २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिएर चुनावी मैदानमा उत्रिदा प्रबल दाबेदार मध्येको रुपमा मानिएका छन् । जातिय समिकरणलाई आधार मान्ने हो भने आफू जित्नेमा निकै आशावादी देखिनु भएको छ । निर्वाचनमा अन्तिम परिणाम नआए सम्म विजयी भएको भन्न मिल्न नसकिने छ ।
५) रास्वपा बाट राजेश चौधरीः राजेश चौधरी किसान परिवार हुँदै उद्योगी व्यवसायी घरानाबाट सम्बन्ध राख्दछ । उनको पिपरा बजार स्थित आफनै कारखाना रहेका छन् । उनी २०७४ र २०७९ मा प्रदेश सदस्य पदमा पराजित भईसकेका हुन् । जेन जी पुस्ताको आन्दोलन पश्चात उत्पन्न परिवर्तनको लहरमा उनको नाम अहिले प्रबल उम्मेदवारको सूचीमा उभ्याएका छन् ।
जनता परिवर्तनको राग अलापिरहदा उनलाई खासै मेहनेतको आवश्यक नरहेको परिस्थिति रहेको छ । अहिले हरेक स्थानमा घण्टी घण्टी छाप को गुञ्जनबाट उनको विजयी हुनेछ भने आशाबादी रहेका छन् । राजनीति क्षेत्रमा खासै दखल नभएका चौधरीलाई समय सापेक्षले सघाईरहदा उनको अवस्था अहिले राम्रो रहेको बुझिएको छ ।
स्मरणीय यो छ की, विगतको अवस्था र वर्तमान अवस्थालाई विचार गरियो भने रौतहट १ मा पाँच उम्मेदवार बीच कडा एवं रोचक प्रतिष्पर्धा हुनेछ । जनताको दिल दिमागमा राज गर्ने एक उम्मेदवार विजयी हुने छन््, चाहे नयाँ दल होस या पुरानो दल । पाँच उम्मेदवारको रौतहट १ अग्नि परिक्षा फागुन २१ मा हुने र निर्णायक भूमिकामा जजमेन्ट गर्न मतदाताहरु यसपाली निकै चनाखो रहेको हुँदा सम्पूर्ण उम्मेदवारलाई अग्रिम बधाई तथा शुभकामना छ । हुनतः जनमतबाट देवेन्द्र मिश्र, आजपाबाट त्रिभुवन साह सहित करिव तीन दर्जन भन्दा बढि उम्मेदवारहरु रौतहट १ मा रहेपनि यी पाँच उम्मेदवार बीच मुख्य प्रतिष्पर्धा हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।