विदेशी शक्तिहरुको चलखेल गर्ने सुरक्षित गणतव्य बन्दै नेपाली भूमी

589 Shares

काठमाडौं, १२ पुस । आफनो स्वास्थ्य पुरा गर्नका निमित्त विदेशी शक्तिहरुको चलखेल गर्न सुरक्षित स्थलको रुपमा गन्तव्य बन्दै गएको छ नेपाल ।
दक्षिण एशियाको सुरक्षित स्थल एवं गर्भगृहको रुपमा मानिने नेपाल दुई ठुला शक्ति राष्ट्रका बिचमा अवस्थित भएको हुँदा यहाँ विदेशी शक्तिहरुको गन्तव्य स्थाल बन्दै गएको पछिल्लो समयमा विभिन्न समाचार बाहिरिएका हुन् ।
२०४६÷०४७ को प्रजातान्त्रि आन्दोलन पश्चात राज संस्थाको अधिकार कटौती भएको तत्पश्चात २०६२÷०६३ को जन आन्दोलनबाट राज संस्था पूर्ण रुपमा समाप्त भई मुलुकमा धर्मनिरपेक्ष घोषणा गरियो । लोकतान्त्रिक जनआन्दोलन पश्चात एकाएक धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउनुमा पनि विदेशी शक्तिकै प्रभावमा भएको थियो । विभिन्न पार्टीहरुमा विदेशी राष्ट्रको लगानी र प्रभावको कारण नेपालमा ति शक्तिहरुलाई चलखेल गर्ने मौका पाएको विज्ञहरु बताउँछन् ।
राजनैतिक संक्रमणको मौका छोपी कयौं देशहरुले आफ्नो उपस्थिति मजबुत पार्दैै गएको कुरो सर्वविदित नै छ । यसै बिच विश्वमा शक्तिशाली रुपको उदाईसकेको उत्तरी छिमेकी चीन र शक्तिराष्ट्र बन्न प्रयत्नशील भारतको बिचमा नेपाल सदियौं देखी पुलको रुपमा काम गर्दै आएको छ । तर अहिले आएर यी दुई विशाल छिमेकीहरु बिचको द्वन्द्व श्रृजनाका लागि पनि यस पवित्र भूमिलाई दुरुपयोग गर्ने प्रयासहरु भइरहेका छन् ।
त्यो भन्दा पनि वढि नेपाललाई भारत संगको मित्रता भंग गरी भारत समक्ष नया चुनौती पेश गर्ने मनसाय बोकेका तत्वहरु पनि देश भित्र सक्रिय छन । भारतमा हुने गरेको ठुला आतंकवादी कृयाकलापमा नेपाली भूमिको दुरुपयोग का प्रयासहरु पहिले पनि भएकै हो, अहिले तिनलाई झन् सजिलो भएको छ । नेपाल भारत खुल्ला सिमानाका कारण सुरक्षाका अनेकन चुनौतीहरु देखा परेका छन । नेपालमा कैयौं पटक अफगानिस्तानी, पाकिस्तानी, बांगलादेशी, र भारतीय नागरिक पनि अवैद्ध प्रवेश गरेर आतंकवादी क्रियाकलापमा संलग्नताको पुष्टि हुँदै आएको छ ।
त्रिभुवन विमानस्थलबाट भएको एकमात्र विमान अपहरण पनि भारतलाई लक्षित गरी नेपाली भूमीको दुरुपयोग हुने गरेको षड्यन्त्र को प्रमुख गवाह छन । भारतमा घुसपैठका अन्य प्रयासहरु बिफल भएपछि सजिलै भारत प्रवेशका लागि नेपाल भारत खुल्ला सिमानाको प्रयाग हुंदै आएको सम्बन्धी रिपोर्टहरु पनि सार्वजनिक भएकै हो । यसैबिच नेपाल प्रहरी द्धारा अर्को नया खुलासा भएको छ । त्रिभुवन विमानस्थलमा पक्राउ परेका हत्या आरोपी तीन भारतीयलाई नेपाल प्रहरीका केही अधिकारीले गुपचुप भारतलाई बुझाएको खुलेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नवराज भट्टराई नेतृत्वको टोलीले मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५) लाई ५ कात्तिकमा विमानस्थलबाट निस्किए लगत्तै पक्राउ गरेको थियो । उनीहरू संयुक्त अरब इमिरेट्स (युएई) को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । तिनिहरुले जम्मु कश्मिरको विभिन्न आतंकवादी घटनामा संलग्न तथा त्यहाँका प्रहरीहरुको हत्यामा संलग्नता रहेको श्रोतको दाबी छ ।
यस घटनाले पनि भारत बिरुद्ध नेपाली भूमिको सजिलै दुरुपयोगको घटनालाई उजागर गरेको हो । नीतिगत रुपमा माथिल्लो निकायलाई जानकारी नगराई ति आतंकवादीहरुको सुपुदर्गीको बिषयमा गृह मंत्रालयले छानविन थालेको छ । त्यसपछि घटनाको रहस्य खुलेको खबर छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पुर्याएर प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चण्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिर हो ।
अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार उनीहरू ५ कात्तिकको साँझ काठमाडौं आएका थिए । अग्रिम रूपमा होटेल बुकिङ र सम्पर्क व्यक्तिको नामसमेत खुलाएर नेपाल आएका थिए । घटना थाहा पाएपछि मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले एक डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । ‘मन्त्रीज्यूले यसमा संलग्न प्रहरीलाई कस्तो कारबाही गर्ने भन्नेमा आन्तरिक छलफल गरिरहनुभएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।
हिमाल, पहाड र तराई जस्तो भौगोलिक बनाबट रहेको नेपालमा विदेशी शक्तिहरु धेरै पहिला देखि गिद्दे दृष्टि राखेको थिए तर राजतन्त्रको समाप्ती संगै लोकतन्त्रमा उदयमान भएका ठूल ठूला पार्टीहरुमा रहेका जिम्मेवार नेताहरु उनीहरुको मतियार बनी नेपाली भुमिलाई चलखेलको अखाडा बनाउनमा कुनै कसर बाकी नराखेको श्रोतले बतायो । अहिले पाकिस्तान, चिन, अमेरिका, युरोपियन लगायतका राष्ट्रहरु आफनो स्वास्थ्य पूर्तीका लागि नेपाली र नेपाललाई सुरक्षित गणतव्य बनाएको छ जुन भोलीका दिनमा नेपाली जनताहरुका लागि निकै घातक हुने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार